शेरधनमार्फत नेम्वाङले पठाए सन्देशःओलीबाहेक अरुलाई नेता मान्दिनँ ,वरिष्ठ उपाध्यक्ष नछाड्ने

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एमाले नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद नछाड्ने सन्देश पार्टी अध्यक्ष केपी ओलीलाई पठाएका छन् ।

सर्वसम्मत पदाधिकारी टुंग्याउने गृहकार्यमा रहेका ओलीले महासचिव ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउने संकेत पाएपछि नेम्वाङले सो सन्देश पठाएका हुन् । उनको सन्देश बोकेर शेरधन राई ओली बसेको होटल पार्क सफारी जाँदैछन् ।

‘पद कसरी मिलाउनुपर्छ त्यो अध्यक्षको जिम्मेवारी हो,’ नेम्वाङले ओलीलाई पठाएको सन्देश उद्धृत गर्दै उनीनिकट नेताले भने, ‘म केपी ओलीबाहेक अरुलाई नेता मान्दिनँ । त्यसैले अहिले वरिष्ठ उपाध्यक्षको दाबी छाड्दिनँ । सर्वसम्मतको प्रस्ताव आउनुअघि नै यो हेक्का रहोस् भनेर सन्देश पठाउनुभएको छ ।’

नेम्वाङलाई १०बुँदे सहमतिकर्ता नेताहरूको साथ छ । उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका घनश्याम भुसालले पनि नेम्वाङलाई सघाउने बताएका छन् ।सिलापत्रबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय