सभापति बने लगत्तै खड्काले गरे पार्टी भवन बनाउन १ करोड सहयोग गर्ने घोषणा

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः नेपाली कांग्रेस इलामका नवनिर्वाचित सभापति डम्बर खड्काले पार्टी भवन बनाउन १ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

इलाममा आईतबार भएको शपथ ग्रहणपछि सभापति खड्काले स्वर्गीय बाबु धनबहादुर खड्का र आमा मनमाया खड्काको नाममा पार्टी कार्यालय बनाउन १ करोड दिने घोषणा गरेका हुन् ।

पार्टी कार्यालय निर्माणकै लागि सांसद एवं केन्द्रीय सदस्य सुजाता परियारले ५ लाख रुपैयाँ दिने घोषणा गरेकी छन् ।

कार्यक्रममा इलाम पार्टी कार्यालय निर्माणकै लागि वडा नम्बर ७ का अध्यक्ष नरेश श्रेष्ठले २ लाख दिने घोषणा गरेका छन् ।

पार्टी सभापतिको शपथ लिएकै दिन खड्काको पहलमा पार्टी कार्यालय भवन बनाउन सहयोग रकम संकलन शुरु भएको हो ।

सभापति खड्काले भवन निर्माणको कार्य सोमबारबाटै सुरू गर्ने घोषणा गरेका छन् । समाजसेवा गरेर इलामेली जनताको मनमा बस्न सफल भएका खड्का अब राजनीतिमा पनि सबैको मनमा बस्ने अभियानमा अघि बढेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय