मंसिर १५ गतेबाट चन्द्रग्राउण्डमा शुरु हुँदै समृद्धि खुल्ला नकाउट फुटबल प्रतियोगिता

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर १३,
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

फिक्कलःइलामको सूर्योदय नगरपालिका–९ रम्फोक स्थित ऐतिहासिक चन्द्रग्राउण्डमा आगामी १५ गतेबाट समृद्धि खुल्ला नकाउट फुटबल प्रतियोगिता सुरु हुने भएको छ । उद्धघाटन खेलमा तामाङ घेदुङ स्टार एफसी र मिलियन फ्रेन्डस क्लब ९एमएफसी० बिच प्रतिष्पर्धा हुने छ । आयोजक समृद्धि फुटबल क्लबले पत्रकार भेटघाटको आयोजना गरी टाइसिट सार्वजनिक एवम प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

चन्द्र ग्राउन्डमा संचालन हुने प्रतियोगितामा नेपाल र भारतको १६ टिमको सहभागिता रहने भएको छ । प्रतियोगिताको बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्ने जनाइएको छ । ७ ए साइडको रुपमा संचालन हुने प्रतियोगिता सम्पन्न गर्न टाइगर ब्रुअरीको उत्पादन टेन्सवर्ग, सूर्योदय नगरपालिका, वडा कार्यालय, नगर खेलकुद विकास समिति, जिल्ला फुटबल संघ, जिल्ला खेलकुद विकास समितिबाट आर्थिक एवम प्राविधिक सहयोग हुने आयोजक क्लबका मानविर लेप्चाले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न करिब ६ लाख ३५ हजार लाग्ने आयोजक समितिको अनुमान छ । प्रतियोगिताका व्यक्तिगत विधा तर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, डिफेन्डर, गोलरक्षक र अनुशासित टिमलाई समेत पुरस्कृत गरिने छ । प्रतियोगिताको फाइनल मंसिर २८ गते हुनेछ ।

फाइनल भन्दा १ दिन अघि चन्द्र ग्राउन्डमा नै फिक्कलका कलाकार लेखु विवशको उपचार सहयोगार्थ सांगितिक कार्यक्रम समेत तय गरिएको आयोजक समितिका सोनाम योल्मोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय