‘ओमिक्रोन’ भेरियन्टबारे बच्न नेपाल सरकारको तयारी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाण्डौ – अफ्रिकी देशमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तयारी थालेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अफ्रिकी देशमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तीव्र तयारी थालेको बताउनुभएको हो ।

उहाँले नेपालमा कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले र भर्खरै देखिएको नयाँ भेरियन्टका कारण अफ्रिकी देशबाट नेपाल आउनेहरूलाई अन अनराइभल भिसा नदिन अध्यागमन कार्यालयलाई र अफ्रिकी देशबाट यात्रु नल्याउन विभिन्न एअरलाइन्सलाई निर्देशन दिइसकेको बताउनुभयो ।

प्रवक्ता पोखरेलले अहिलेसम्मको जानकारीअनुसार कुनै पनि देशलाई नतोकी अफ्रिकी देशमा मात्र कोरोनाको नयाँ प्रकार देखिएको भनिएकाले अफ्रिका महादेशबाट नेपाल आउनेलाई प्रवेश नदिने बताउनुभयो । उहाँले भाइरसको बारेमा सबै कुरा जानकारी पाएपछि त्यहीअनुसार सरकारले थप तयारी थाल्ने बताउनुभयो ।

प्रवक्ता पोखरेलले भन्नुभयो, ‘हामी पूर्णरूपमा सुरक्षित भइसकेको अवस्था होइन । विभिन्न किसिमको भाइरसको सङ्क्रमण छ भन्ने कुरा पहिलेदेखि नै पनि थियो र अहिले फेरि ओमिक्रोन भन्ने भाइरसको सङ्क्रमण अफ्रिकी देशबाट आएको छ भन्ने कुरा सुनिएको छ । अहिले सतर्कता अपनाउँदै अफ्रिकी देशबाट आउने नागरिकलाई अन अराइभल भिसा दिन बन्द गरौँ भनेर अध्यागमन कार्यालय र २२र२३ वटा कति एअरलाइन्स छन् ती सबैलाई निर्देशन दिइसकेको अवस्था छ । यसबारेमा सीसीएमसीमा पनि छलफल भइरहेको छ । जे कुरा आउँछ, त्यहीअनुसार हामी प्राविधिक सल्लाहअनुसार कार्यान्वयन पक्षमा कडा रूपमा जान्छौँ ।’

उहाँले कोरोनाको नयाँ प्रकार ‘ओमिक्रोन’ को बारेमा सीसीएमसीमा पनि छलफल भइरहेको बताउनुभयो । प्रवक्ता पोखरेलले नेपाल भित्रिने नाकामा पनि कोरोना भाइरसको लक्षण देखिएका बिरामीहरूलाई जाँच गर्न र नजिकको स्वास्थ्य चौकी पुर्‍याउन निर्देशन दिएको बताउनुभयो ।

दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा कोरोना भाइरसको नयाँ भेरियन्ट बी।१।१।५२९ ‘ओमिक्रोन’ पुष्टि भएको थियो । यो नयाँ भेरियन्ट अत्यधिक मात्रामा म्युटेशन ९उत्परिवर्तन० हुने भएको भन्दै विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले थप चुनौती बढेको भन्दै सतर्कता अपनाउन चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय