
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफू विजयी भएमा अध्यक्ष पदका अर्का प्रत्यासी राजेन्द्र लिङ्देनलाई पनि समेटेर अघि बढ्ने बताएका छन् ।
राप्रपाको महाधिवेशनमा शुक्रबार उम्मेदवारी दर्ता गराएपछि पत्रकारसँग कुरा गर्दै थापाले भने ‘हामी अत्यधिक मतले विजयी हासिल गर्छौं र राजेन्द्र लिङ्देन लगायत सबैलाई समेटेर अगाडि बढ्छौं ।’



राप्रपाको अध्यक्षमा थापासँगै राजेन्द्र लिङ्देनले पनि उम्मेदवारी दिएका छन् । राप्रपाको शीर्ष नेताको समर्थन पाउन सक्नुभएन नि भन्ने प्रश्नमा थापाले भने, ‘ यस विषयमा टीका टिप्पणी नगरौं, सबैको सद्भाव हामीलाई प्राप्त छ ।’
आफूले राप्रपाको एकतालाई सधैं अक्षुण रुपमा कायम राख्ने र देशको अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित गर्ने पनि थापाले बताए ।
भविष्यमा राप्रपालाई कहिल्यै पनि फुट्न नदिने भन्दै उनले अब यसका लागि राप्रपाका अध्यक्षत्रय ९ आफू, पशुपति शमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनी० ले मन, वचन र कर्मले प्रतिवद्ध रहेको बताए ।
उनले भने, ‘अब फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी कहिल्यै फुट्दैन, ढुक्क भए हुन्छ।’ थापाले ०६२(६३ को राजनीतिक परिवर्तनपछि पार्टीको मूल एजेण्डा हिन्दु राष्ट्र र राजसंस्थाको सम्बाहक आफू भएको बताउँदै मतदाताहरुले आफूलाई विश्वास गरेर मत दिने दावी गरे ।अनलाईनखबरबाट