१२ कक्षा पास गरिन् करिश्माले, रचना भन्छिन्ःसंगीत विषय लिएर स्नातक पढ्छु

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर १७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ(असोजमा लिएको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको छ ।

गोदावरीस्थित किटिनी माविबाट परीक्षा दिएकी करिश्माले २।४१ जीपीए ल्याएर कक्षा १२ उत्तीर्ण गरेकी हुन् । उनले कोरोना महामारीका कारण नियमित कक्षा नभएको भन्दै नतिजाबाट आफू खुशी रहेको प्रतिक्रिया दिइन् ।

करिश्माले अनलाइनखबरसँग भनिन्, ‘कोरोना महामारीका कारण पढाइ राम्रो भएको थिएन । । छोटो समयको तयारीले परीक्षा दिएकी थिएँ । आशा नै यति गरेकी थिएँ, नतिजाबाट खुशी छु ।’

उनले अब स्नातक तहमा भर्ना भएर पढाइलाई निरन्तरता दिने बताइन् । ‘पढाइलाई निरन्तरता दिन्छु । स्नातकमा ग्रामीण विकास मूल विषय लिएर पढ्ने ईच्छा छ,’ उनले भनिन् ।

यसैगरी पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालले पनि कक्षा १२ पास गरेकी छिन् । झापाको भद्रपुरस्थित प्रज्ञा एकेडेमीबाट परीक्षा दिएकी उनले ३।४४ जीपीए ल्याएर कक्षा १२ पास गरेकी हुन् ।

रचनाले पनि नतिजाबाट आफू एकदमै खुशी रहेको बताइन् । उनले भनिन् ‘त्यति राम्रो तयारी गर्न पाएकी पनि थिइनँ । त्यति जीपीए आउला भन्ने सोचेकी थिइनँ । एकदमै खुशी छु ।’ उनले अब काठमाडौंमा संगीत विषय लिएर स्नातक तह अध्ययन गर्ने बताइन् । अध्ययनलाई प्राथमिकता दिँदै सांगीतिक करिअरलाई अगाडि बढाउने रचनाले बताइन् ।अनलाईनखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय