आफूले अभिनय गरेको फिल्म हेर्दिनन् स्वस्तिमाः ‘चपली हाइट ३’ पुस २ बाट प्रदर्शन हुँदै

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर १७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायिका स्वस्तिमा खड्काले आफू अभिनित चलचित्र नहेर्ने गरेको बताएकी छन् । स्वस्तिमाले भनिन्, ‘मैले नाइँ नभन्नु ल ५ पछि आफू अभिनित चलचित्र नै हेरेको छैन ।

‘बुलबुल’ चलचित्र नेपालमा आधा मात्र हेरेकी स्वस्तिमाले अन्तर्राष्ट्रिय महोत्सवमा पुगेकाले पूरा हेर्नु परेको बताइन् । यो बाहेक अन्य चलचित्र भने आफूले नहेरेको स्वस्तिमा बताउँछिन् ।

आफू अभिनित चलचित्र हेरेपछि धेरै गल्ती देखिने र २–३ दिन त्यही सोचमा डुब्ने गरेको स्वस्तिमा बताउँछिन् । ‘फिल्म हेर्दा कति गल्ती देखिन्छ । हेरिसकेपछि म केही दिनसम्म सोही गहिराइमा जान्छु,’ उनले भनिन्, ‘बरु हेर्दै नहेरेपछि आनन्द हुन्छ । जति काम गरियो गरियो, हेरेर तनाव लिनु भन्दा बरु नहेर्दै आनन्द हुन्छ ।’

चलचित्रको स्क्रिप्टदेखि नै विषयवस्तु पूरै थाहा हुने भएकाले चलचित्र हेर्दा आफैं ‘कन्फ्युज’ हुने स्वस्तिमा बताउँछिन् । सबै कुरा आफूलाई थाहा हुने भएकाले पनि चलचित्रले देखाउन खोजेको कुरा आफूले नदेख्ने उनले बताइन् ।

स्वस्तिमा अभिनित चलचित्र ‘चपली हाइट ३’ पुस २ गतेबाट प्रदर्शन हुँदैछ । अनलाईनखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय