
फिक्कलःइलामको सूर्योदय नगरपालिकामा नेपाल चेम्बर अफ कमर्स गठन भएको छ । सूर्योदय टी प्रोड्युसर्स एसोशिएसनका अध्यक्ष उत्तम कुमार श्रेष्ठको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा पूनम राई सचिव गोपाल कट्टेल सह-सचिव सुजन ढुङ्गेल र कोषाध्यक्षमा मनिसा प्रधान रहेका छन् । सदस्यहरुमा ज्ञानु लिम्बु,पूनम गुरुङ्ग, पवन घट्टानी, विनु यल्मु,अिभिनन्द गिरी र डिल्लिराम श्रोष्ठ रहेका छन् । नेपाल चेम्बर अफ कमर्स का केन्द्रिय अध्यक्ष राजेन्द्र मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष राजेस काजि श्रेष्ठ,केन्द्रिय सदस्य सन्तोष पान्डे,राजेन्द्र ढकाल,नेपाल चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओम विमली लगायतको आतिथ्यता रहेको थियो । पत्रकार सन्तोष अग्रवालले संचालन गरेको कार्यक्रम सूर्योदयको पाल्टांङ्गे स्थित होटल इस्टन ब्लुमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै नवगठित समितिका अध्यक्ष श्रेष्ठले कृषि र उद्योगको प्रवर्धन गर्न यस संस्थामा आवद्ध भएको बताएका छन् । श्रेष्ठले चिया लगायतका कृषिजन्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न सहयोग पुग्नेमा विश्वास ब्यक्त गरेका छन् । उनले आफ्नो कार्यकाल उपलब्धिमुलक बनाउने पनी बताए ।



अध्यक्ष राजेन्द्र मल्लले कुटनितिक तथा ब्यावसायीक संस्थामा सूर्योदयलाई सहभागी गराउन पाउँदा खुसि लागेको जनाएका छन् । चियाको अन्तराष्टी्रय बजार मजबुद र दर्बिलो बनाउन समेत सहकार्य गर्न सकिने भन्दै केन्द्रले सक्दो सहयोग गर्ने उन्ले बताए । मल्लका अनुसार नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकारलाई औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिलाका लागि नीति नियम तर्जुमा गर्न सुझाव र सल्लाह प्रदान गरिरहेको छ । चेम्बरले निजी र सरकारी क्षेत्रबीच पुलको भूमिका पनि निर्वाह गरिरहेको छ ।
के हो चेम्बर अफ कमर्स?
वि।सं। २००७ सालमा स्थापित नेपाल चेम्बर अफ कमर्स नेपालको सबैभन्दा पुरानो र अग्रणी वाणिज्य संगठन हो । बि।सं। २०१२ सन् ९५५० मा उद्योग र वाणिज्य सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन यही संस्थाले आयोजना गरेको थियो । चेम्बर स्थापना भएदेखि नै वाणिज्य क्षेत्रको विकाश र आर्थिक सम्बृद्धि तथा अन्य ब्यावसायीक गतिविधिका क्षेत्रमा यस संस्थाले अग्रणी एवम महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
यसका साथै नेपाल चेम्बर अफ कमर्स “चेम्बर आन्दोलन” लाई अभियानको रुपमा विस्तार गर्न र व्यवसायिक क्षेत्रको सशक्तिकरणका लागि विभिन्न गतिविधिहरू प्रोत्साहित गर्न समेतसमर्पित रहेको छ । नेपाल चेम्बर अफ कमर्सले प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्स, वस्तुगत संघ, आवद्ध संघ लगायत द्धिपक्षीय वाणिज्य तथा उद्योग संघहरुको प्रतिनिधित्व गर्दछ ।
रजिष्टर्ड फर्महरु, व्यापार र उद्योग क्षेत्रका संघ संस्था, द्विपक्षीय व्यापार तथा उद्योग संघ चेम्बरसँग आबद्ध रहेका छन् । नेपाल चेम्बर अफ कमर्सले ७०वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सहरुसँग आर्थिक कृयाकलाप विस्तार गर्न समझदारी पत्र मार्फत सम्बन्ध स्थापित गरेको छ ।