
इलामः मेची राजमार्गको हर्कटे फिक्कल सडक खण्डको कन्याममा भेन दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । सूर्योदय नगरपालिकाको हर्कटे बजारबाट फिक्कलतर्फ आउँदै गरेको मे १ज ३३०७ नम्वरको अनियन्त्रित भएर सडकबाट १०० मिटर तल झर्दा ९ जना घाइते हुनु भएको थियो ।
घाइते मध्ये दुईको झापाको बिएडसी अस्पतालमा मृत्यू भएको छ । कन्याम चियाबारी नजिकै सुकेपोखरी भन्ने ठाउँमा भएको दुर्घटनामा परी माइजोगमाई ३ का भरत घिमिरे र माईजोगमाई ४ का रामप्रसाद तिमिसनाको मृत्यू भएको बिएण्डसी अस्पताल झापाका सूचना अधिकारी प्रनिश गिरीले जानकारी दिनुभयो ।
चालकलाई सामान्य चोट लागेको छ । अन्य घाइत हरुको नामथर खुलेको छैन । अन्यको उपचार भइरहेको छ । केहीको अवस्था चिन्ताजनक रहेको पनि बताइएको छ ।
घटनाका बिषयमा थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गंगाबहादुर थापाले बताउनु भयो ।
घटना दिउशो साढे ३ तिर भएको हो । सुत्रधार


