शंकर गदाललाई अध्यक्षमा चयन गर्दै मुक्ति समाज सूर्योदयको नगर अधिवेशन सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०७८ पुष ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामःशंकर गदाललाई अध्यक्षमा चयन गर्दै नेपाल उत्पीडित जातिय मुक्ति समाज सूर्योदयको प्रथम अधिवेशन सम्पन्न भएको छ । मुक्ति समाजका केन्द्रीय सदस्य तथा एमाले इलाम सचिवालय सदस्य देवेन्द्र विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले ५१ सदस्य सूर्योदय नगर कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा कमला गज्मेर, सचिवमा सुबास लोहार चयन भएको जनाइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि विकले अझै पनि दलित समुदाय विभेदको शिकार बन्नु परिरहेको बताए । उनले देशको पूर्वी भेगमा विभेदका घटना केही कम भएपनि पश्चिमी भेगमा विभेदकै कारण धेरैले ज्यान गुमाउनु परिरहेको बताए । ‘अब हाम्रा मुद्दालाई राजनीतिक मुद्दा बनाइनु पर्छ, संविधानमा लेखेरमात्र होइन त्यसलाई कार्यान्वयन गरेर पछाडि पारिएको यो समुदायको अधिकार स्थापित गरिनु पर्छ ।’ विकले भने ‘अबको दलित आन्दोलन राजनीतिक रुपमै दलित अधिकार स्थापित गर्ने गरि अघि बढ्न जरुरी छ ।’
कार्यक्रममा प्रदेश – १ का सांसद काजीमान कागतेले नेपालको संविधान दलित, उत्पीडित, अल्पसंख्यक, लोपोन्मुख लगायतका क्षेत्रमा जति उद्धार छ, व्यवहारमा कार्यान्वयन नहुँदा त्यो समुदायको अधिकार र मुद्दा ओझेलमै रहेको बताए । कार्यक्रममा मुक्ति समाजका केन्द्रीय सदस्य शावित्रा शिवा, नेकपा एमाले सूर्योदय नगर अध्यक्ष दुर्गादेवी दाहाल, सूर्योदय नगरपालिका बुद्धिजीवी परिषद्का अध्यक्ष देवकुमार दाहाल, रगुन गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।ilamaawaj

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय