इलामःनेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले र नेकपा माओवादीको एकता गलत नभएको बताएका छन् । उद्धेश्य महान लिएर गरिएको एकता दोबाटो नपुग्दै टुट्नु दुखद भएको बताएका छन् । ब्यक्तिगत स्वार्थका कारण कम्युनिष्ट एकता टिक्न नसकेको उनको भनाई थियो । फरक प्रसंगमा उन्ले राष्ट्रियताको पक्षमा सबै राजनितिक दल एक ठाउँमा हुनुपर्ने बताएका छन् । माओवादी केन्द्रको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले भने अधिकारका प्रश्नमा एक हुन सक्ने हामी समृद्धि र विकासका सवालमा किन एकढिक्का बन्न सक्दैनौँ ? यो सोचनिय बिषय हो । महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रको महाधिवेशनमा आउन चाहँदा चाहँदै पनि आउन नसकेको बताएका छन् । ‘अस्तिसम्म हामीले सम्मेलनका रुपमा हुन्छ। राजनीतिक दललाई बोलाउने कार्यक्रम छैन भन्ने सुनेका थियौँ। त्यही भएर पार्टी अध्यक्ष आफ्नो नियमित कायको लागि उपत्यका बाहिर जानुभएको छ। आउन चाहँदा चाहँदै पनि आउन सक्नुभएन।’ पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष पदमा निर्वाचित हुने लागेकोमा बधाई दिए।
एमाले र माओवादीको एकता गलत थिएनःशंकर पोखरेल
२०७८ पुष ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2024: ILAM KHABAR मा सर्बाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd