इलामः इलामको सूर्योदय नगरपालिका स्थित नेकपा एमाले निकट अखिल नेपाल महिला संघको अधिवेशन सम्पन्न भएको छ । अनेमसंघ प्रदेश कमिटी सचिवालय सदस्य विष्णुमाया भुजेलको प्रमुख आतिथ्यतामा सम्पन्न महिलाहरुको एक भेलाले सबिना श्रेष्ठलाई अध्यक्षमा चयन गर्दै ७५ सदस्य कमिटी चयन गरेको हो । अनेमसंघको नगर कमिटी चयन भएसँगै नगरका १४ वटै वडामा वडा कमिटी समेत गठन गरिने अनेमसंघले जनाएको छ ।
अधिवेशनमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भुजेलले सबै महिला दिदी बहिनीलाई आर्थिक रुपले सवल बन्दै राजनीतिक नेतृत्वका लागि तयार हुन आग्रह गरिन । ‘महिलाहरुलाई आयआर्जन र सीपको दक्षतामा सवल बनाउन सक्नु अहिलेको नेतृत्वको दायित्व पनि हो ।’ भुजेलले भनिन् ‘अब महिलाहरु आफू पनि सक्षम हुन चाहान्छन् ।’
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य रमेश राई, जिल्ला कमिटी सदस्य युवराज वाषिष्ठ, एमाले सूर्योदय नगरपालिका अध्यक्ष दुर्गादेवी भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।




