नेकपा एमालेको जिल्ला अधिवेशन आजः यस्तो छ इलामको अवस्था…

द्वारा प्रकाशित गरिएको हो |
२०७८ पुष २३, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

इलामः इलाम सहित नेकपा एमालेले जिल्ला अधिवेशन आज गर्दै छ। अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन केन्द्रीय कार्यालय थापाथलीबाट विहान ११ बजे गर्ने छन्। प्रदेश २ का सातसहित केही जिल्ला बाहेक सबै जिल्लाको अधिवेशन आज एकै पटक हुने भएको हो ।

यसअघि वडा र पालिका पनि एकैपटक अधिवेशन गरेको एमालेले आज भूगोल तर्फको जिल्ला अधिवेशन एकै दिन गर्न लागेको हो। ओलीले आजै काठमाडौं र काभ्रे जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।

‘केही हिमाली जिल्लाहरूमा बाहेक अन्यमा स्थानमा भूगोलतर्फको जिल्ला कमिटीको अधिवेशनमा आज एकैपटक हुनेछ। अध्यक्षले केन्द्रीय कार्यालयबाट भर्चुअल्ली उद्घाटन गर्नु हुनेछ’ अधिकारीले भने, ‘केही जिल्लाले प्रतिकुल मौसमी अवस्थाको कारण अहिले अधिवेशनमा गर्न सकिने छैन्।ु

आन्तरिक विवादका कारण प्रदेश २ का सप्तरीबाहेक सात जिल्लामा भने आज अधिवेशन नहुने भएको छ। सप्तरीबाहेकका बाँकी सात जिल्लाको अधिवेशन पछि हुने नेकपा एमालेले जनाएको छ।

अधिकारीका अनुसार प्रदेश २ को पर्सामा पुस २७, बाराको २८, रौतहटको २९, सिराहाको २५ गते, धनुषा माघ ३, महोत्तरी माघ ५ र सर्लाहीको ७ गते जिल्ला अधिवेशन हुने तय भएको छ।

एमालेको रोल्पाको अधिवेशन पनि रोकिएको छ। हिजो एमाले जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको निधन भएकोले त्यहाँको अधिवेशन रोकिएको हो। अधिवेशनको तयारीमै रहेका बेला रोकाको हृदयघातका कारण निधन भएको थियो।

एमाले र माओवादी केन्द्रबीच भएको एकतापछि निष्कृय रहेको जिल्लालाई एकैपटक अपडेट गर्नका लागि एकै मितिमा अधिवेशन गर्न लागेको अधिकारीले बताए ।

मंसिर अन्तिम साता भएको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पुस २३ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो। एमालेको भूगोलतर्फ ७७ वटा जिल्ला कमिटी रहेका छन्।

यस्तै गैर भौगोलिक ११ गरी ८८ जिल्ला कमिटी रहेका छन्। उपत्यका कमिटी अन्तर्गत पेशागत, विद्यार्थी, मजदूर र उद्योग व्यवसाय गरी ४ वटा कमिटी छन्। सम्पर्क मञ्चको प्रदेश कमिटी पनि जिल्ला कमिटी बराबर हैसियतमा रहन्छ। अधिकारीले पुस मसान्तभित्र गैर भौगोलिक जिल्ला कमिटीको पनि अधिवेशन हुने बताए।

यस्तै एमालेले माघ ८ गते प्रदेश अधिवेशन गर्दै छ। यस्तै अखिल नेपाल किसान महासंघ राष्ट्रिय सम्मेलन २०७८ फागुन २८ गते रौतहटमा गर्ने छ।

महासंघको माघ २८ मा जिल्ला र फागुन १ देखि ७ सम्म प्रदेश अधिवेशन गरिसक्ने छ। एमालेले मंसिर १० देखि १४ गतेसम्म राष्ट्रिय महाधिवेशन गरेको थियो।

यो पढ्नुहोस्,
एमाले इलाम अधिवेशनःके समेटिन्छन् त ‘दशबुँदे’ र पूर्वमाओवादी नेताहरु?

यतिबेला अधिवेशनको यत्रतत्र चर्चा छ । एमालेमा प्रत्यक्षरूपमा गुटगत नेतृत्व वा प्यानल त छैन तर केन्द्रीय नेतृत्वबाटै एमाले तीन धारमा विभक्त छ ।
एउटा अध्यक्ष केपी शर्मा ओली निकट एमाले संस्थापन धार छ । जसको प्रभाव र संख्या केन्द्रदेखि जिल्लासम्म उल्लेखिय छ । अर्को धार पूर्वमाओबादी समूहको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बाट नेकपा एमाले र नेकपा माओबादी विभाजित हुँदा एमालेमै रहेकालाई ‘पूर्वमाओबादी’ भनेर चिनिन्छ ।
केन्द्रस्तरमा रामबहादुर थापा‘बादल’ नेतृत्वमा एमालेमा रहेको यो धार जिल्लामा समेत देखिन्छ । संस्थापन, पूर्वमाओबादीसँगै अर्को धार रहेको छ, ‘१० बुँदे’ वा ‘दश भाइ’ समूह । एमाले विभाजित हुँदा माधव नेपाल र झलनाथ खनालसँग नगई एमालेमै रहेकालाई ‘१० बुँदे’ समूह भनेर चिनिन्छ ।
जिल्लामा यी धारको संख्या उल्लेखिय रहेको छ । अहिलेको अधिवेशन नेतृत्व चयन मात्र नभई तीन धार कसरी ‘सेफ’ रहन्छन् भन्ने चासोको विषय बनेको छ ।
कस्तो छ पूर्वमाओवादी समूहको अवस्था रु
पूर्वमाओवादी नेता एवम् एमाले वर्तमान केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा‘वादल’ समूहले एक पदाधिकारीमा दावी गरेको छ । “हामीले धेरै पद मागेका छैनौं । एउटा पदाधिकारी चाहिन्छ भनेका छौ ।” एमाले प्रदेश सदस्य एवम् पूर्वमाओवादी समूहका नेता राजकुमार थापाले भने,“पूर्ववत् माओबादीमध्ये ४० प्रतिशत माओवादी अहिले एमालेमा छ । आम कार्यकर्तालाई आश्वस्त राख्नका लागि पनि हामीले पदाधिकारीमा दावी गरेका हौ ।”
त्यसो त पूर्वमाओवादी समूह आगामी महाधिवेशनमा आफूहरूलाई एमालेले ‘सम्मानजनक’ हिस्सा दिनेमा विश्वस्त छ । पार्टी केन्द्रीय नेतृत्वमा तीन सचिव पाएको यो समूह जिल्लामा राम्रै पदमा पाउनेमा आशावादी छ ।
“एमालेका पहिलाका साथीहरूसँग हाम्रो केही गुनासो छैन ।” प्रदेश सदस्य थापाले भने,“एमालेकै कतिपय नेताले केपी ओलीलाई नेता मान्न अनकनाउँछन् । हामी त फरक धारको भएपनि मान्छौ÷मानेका छौ ।”
त्यसो त पूर्वमाओवादीबाट एमालेमा प्रवेशीलाई केही नेतालाई प्रदेश कमिटीमा मनोनयन गरेपछि यो समूहमा तहल्का मच्चिएको थियो । आफूहरू जिल्ला तहमै रहने भन्दै केही नेताले पद अस्वीकार गरे । थापाका अनुसार अहिले त्यो अवस्था छैन । पार्टीमा मिलेर जान पदभन्दा पनि स्वामित्व ठूलो रहेको थापाको भनाइ छ ।
कस्तो छ ‘दशबुँदे’ नेताको अवस्था रु
अहिले एमाले नेतृत्वले पूर्वमाओवादी समूह मात्र नभई एमालेकै अर्को समूहलाई पनि मिलाउनु पर्ने छ । पूर्वकेन्द्रीय उपाध्यक्ष डा। भीम रावलको नेतृत्वमा एमालेमै रहेको समूहलाई विश्वस्त बनाउनु पर्ने बाध्यता एमालेजनमा छ । तत्कालीन समयमा एमालेका वलिया दावेदार मानिएका जीतबहादुर राई, रणबहादुर राईलगायतका नेता नयाँ पार्टीमा लागेका छन् ।
जीतबहादुर पार्टी विभाजनको सुरुवाती समयमै नेकपा एसमा लागे भने रणबहादुर राई अन्तिम चरणमा मात्रै नयाँ पार्टी प्रवेश गरे । राईले तत्कालीन नेकपा नै रहँदा ‘सूर्य चिन्ह जता, आफू त्यतै लेखेको’ फेसबुक स्टाटस अहिले पनि चर्चित बनिरहन्छ । अन्य नेताका हकमा भने खास प्रभावशाली नेता नयाँ पार्टीमा प्रवेश नगरेको एमाले स्रोत बताउँछ । अहिले ‘दशबुँदे’पछि एमालेमै रहेका नेता हुन्, उदय राई । उनी दशौ अधिवेशनका जिल्ला उपाध्यक्षका दावेदार समेत हुन् ।
“हामीलाई पनि संस्थापनले खास नराम्रो गरेको छैन । अहिलेको अवस्थासम्म दशभाइबाट आएका भन्ने भान छैन ।” दशबुँद्धेबाट फर्किएका जिल्लास्तरीय एक नेताले भने,“तत्कालीन झलनाथ कमरेड ९झलनाथ खनाल०निकट मानिने नेतामध्ये ९० प्रतिशत आफूसँग रहेका छन् ।”
उपाध्यक्ष मात्र नभई अन्य केही पदमा आफ्नो समूहका नेताको दावेदारी रहेको उनी बताउँछन् । पूर्वमाओवादी समूहका नेता सामूहिक रूपमा नेतृत्व दावी गर्दैछन् भने दशबुँदेका नेता व्यक्तिगत रूपमा मात्रै नेतृत्व दावी गर्दैै छन् । जिल्लाको अधिवेशन मात्र नभई क्षेत्रीय अधिवेशन तत्काल हुने भएकाले खास समस्या नभएको एमाले संस्थापनको बुझाइ छ । “हाम्रो क्षेत्रीय नेतृत्व समेत चुन्नुपर्ने छ भने प्रदेश कमिटी पनि बनाउनु पर्ने छ ।” संस्थापन समूहका एक नेताले भने,“ नेताहरू व्यवस्थापन जसरी पनि हुन्छ । गाह्रो छैन ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय