कमब्याकका लागि ‘कन्ट्रोभर्सी’ खोजिरहेकी उषा रजक

द्वारा प्रकाशित गरिएको हो |
२०७८ पुष २३,
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

चलचित्र ‘कठपुतली’का निर्माता पृथ्वी रानाले विवादले चलचित्र नचल्ने बताइरहँदा सोही चलचित्रकी नायिका उषा रजक भने गसिपको खोजीमा छिन् । मिडियामा चर्चामा आउनका लागि उनले दिने गरेका बयानदेखि उनले लगाउने गरेका पहिरन फेरिएका छन् ।

चलचित्र ‘कुसुमे रुमाल’, ‘इकु’ लगायतका चलचित्रमा काम गरेकी उषालाई अहिलेका पुस्ताका दर्शकले खासै चिन्दैनन् । यूएनडीपीको जागिर छाडेर नेपाली चलचित्र क्षेत्रमा नै रमाउन आएकी उषालाई नयाँ पुस्तामाझ चिनिनु पनि छ ।

चलचित्र ‘कठपुतली’को प्रचारमा निक्कै सक्रिय उषा मिडियाको नजर आफूतिर तान्न कोशिश गरिरहेकी छिन् ।

बुधबार बेलुका यो चलचित्रको प्रिमियर काठमाडौंको बिग मुभिजमा आयोजना भयो । चलचित्रको प्रिमियरको दिन काठमाडौंमा अत्याधिक चिसो थियो । पानी पनि दिनभर नै परेकाले मौसम निक्कै चिसो थियो । तर, नायिका उषा रजकलाई भने यसले कुनै फरक पारेको देखिएन ।

चिसोमा उनी निक्कै नै बोल्ड बनेर प्रिमियर समारोहमा पुगेकी थिइन् । यसैले करिब ३ सय मानिस र मिडियाको क्यामेराको लेन्स उषातर्फ नै परे । उषा पनि खुशी हुँदै तस्वीर भिडियो खिचाउन मस्त देखिइन् ।

तर, चलचित्र सकिएपछि भने उषालाई पनि जाडो बढेको महसुस भएको हुनुपर्छ । उनले आफूसँगै ल्याएको कोट लगाइन् र चलचित्रबारे प्रतिक्रिया दिइन् । दुई दिनअघि मात्र उषाले मिडियामा आफ्नो पारिवारिक सम्बन्धको विषयमा दिएको बयानले पनि चर्चा बटुलेको थियो । अनलाईनखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय