देवेन्द्र बब्लुको म त पर्खेको पर्खै छुु सार्वजनिक

द्वारा प्रकाशित गरिएको हो |
२०७८ पुष २३,
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

देवेन्द्र बब्लुको नयाँ गीत ुम त पर्खेको पर्खै छुु सार्वजनिक भएको छ। देवेन्द्रकै स्वर, शब्द तथा संगीत रहेको गीत बिहीबार उनकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीत एरेन्ज कृष्ण बिके भान्जाले गरेका हुन् भने मिक्सिङ श्यामश्वेत रसाइलीको हो।

प्रेम सम्बन्ध टुटेपछि सबै बिर्सेर अघि बढ्न नसकेको प्रेमीको दृष्टिबिन्दुबाट लेखिएको गीत करुण रसमा बगेको छ। गत वर्षको सार्वजनिक भएको देवेन्द्रकै ुभेटै हुन्न किु बोलको गीतको दोस्रो भागको रुपमा ुपर्खेको पर्खै छुु बनाइएको हो। उक्त गीत युट्युबमा झण्डै ४० लाख पटक हेरिएको छ।

विशाल घिमिरेको निर्देशनमा बनेको उक्त भिडियोमा दीप सागर र रोशनी कार्कीको अभिनय रहेको छ। गीतको छायांकन अनिल के मानन्धरले गरेका हुन् भने सम्पादन नविन घर्ती मगरको हो। देवेन्द्रका ुम हाँसे हाँस्छौ ररुु, ुकसरीु, ुदिल दुखोु, ुमनमायाु लगायत गीत चर्चित छन्। थाहाखबर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय