एमालेमा पार्टी प्रवेशको लहर चलेको छः उपाध्यक्ष नेम्वाङ

द्वारा प्रकाशित गरिएको हो |
२०७८ पुष २३, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलामः ७० वर्षको जनताको चाहाना आफुहरुले पुरा गर्दै संविधान निर्माण गरेको नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले बताउनु भएको छ । नेकपा एमाले इलामको दशौँ अधिवेनलाई सम्वोधन गर्दै उहाँले बिभिन्न पार्टीहरुलाई समझदारीमा ल्याएर संविधान जारी गरेको उहाँले बताउनु भएको हो । पार्टीले यस अघि केही समय बिसम परिस्थितीको सामना गरेको बताउँदै उहाँले हाल एमालेमा पार्टी प्रवेशको लहर चलेको बताउनु भयो ।

एमालेले नेपालको चुच्चे नक्सा जारी गरेको, नाकाबन्दी र सिमा सुरक्षामा आफुहरुको प्रयास लिएर जनतामा जाँदा जनताले आफुहरुलाई बिश्वास गर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो । उहाँले बिभिन्न पार्टी परित्याग गरि आउनेहरुको लर्को चलेको बताउँदै पार्टी प्रवेशको कार्यक्रम अगाडी बढाउन उहाँले जिल्लामा आग्रह गर्नुभयो । पार्टीका धेरै मान्छे प्रवेश गर्ने भए पार्टी अध्यक्ष स्वयम उपस्थित हुने उहाँले बताउनुभयो । र भन्नुभयो ‘एक हजार प्रवेश गर्ने कार्यक्रममा एमालेका अध्यक्ष बिरामी हुँदा टाउको टेकेर पनि आउनु हुन्छ ।’
सार्वभौमसत्ता सानो र ठुलो नहुने बताउँदै उहाँले लिम्पीयाधुरा र कालापानी लगायतका स्थानमा आफुहरुले निगरानी बढाएको समेत बताउनुभयो ।
धेरै समय एमाले अध्यक्ष केपी शर्माको तारिफ र एकिकृत समाजवादीका नेता झलनाथ खनालका बिभिन्न कुराहरुप्रति ब्यङ्ग्य गर्नमा बिताउनु भएका उहाँले अब नेपालमा नाकाबन्दी हुन नसक्ने दावी गर्नुभयो । जुन आफ्नो पालामा भएको उहाँको भनाई छ ।
जनताको चाहाना र भावना अनुसार अघि बढ्ने र बृद्धहरुलाई भत्ताको ब्यवस्था गर्ने एमालेले गरेको भन्दै उहाँले महिलाहरुलाई सम्मानको सुरुवात गरेको उहाँले बताउनुभयो । जनता माझ जाँदा यिनै कुरालाई लिएर जान समेत उहाँले आग्रह गर्नुभयो ।
परिवर्तनको लागि अव आन्दोलन गर्न नपर्ने भन्दै उहाँले देश टुक्रियाउने सिके राउन र नेत्र बिप्लव चन्दलाई सान्ति प्रक्रियामा ल्याउने काम केपी शर्मा ओलीले गरेको उहाँले बताउनुभयो । सार्वभौम सत्ता जनता बनाउन आफुहरुको पहल भएको र सफल भएको उहाँको दावी छ । हाल बिभिन्न पार्टीहरुले मोर्चाबन्दी गरेर लड्न लागेको बताउँदै आफुहरु एक्लै लड्न तयार रहेको उहाँको भनाई छ ।
अन्य पार्टी अझैपनि जनमतमा जान नचाहाने भन्दै आफुहरु तत्काल चुनावमा जान चाहेको उहाँको भनाई छ । जनताको जनमत लिएर आफुहरु पुन सिंह दरबार प्रवेश गर्ने उहाँको दावी छ ।
एमालेको दशौँ जिल्ला अधिवेशन २३ र २४ गते देशका ६२ जिल्लामा जारी छ । प्रदेश नम्वर एकका १३ जिल्लामा यहि मितिमा अधिवेशन भइरहेको छ ।

सुत्राधारअनलाईनबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय