हत्या आरोपमा सूर्योदयका मनकुमार २० वर्ष पछि पक्राउ

द्वारा प्रकाशित गरिएको हो |
२०७८ पुष २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः इलामको सूर्योदय नगरपालिका– ३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । साविक पशुपतिनगर गाविस– ३ हाल सूर्योदय नगरपालिका – ३ जीलकी १८ वर्षीया रोजिना राईको हत्या गरेको आरोपमा प्रहरीले उनलाई २० बर्षपछि पक्राउ गरेको हो ।
२०५८ माघ ७ गते बिहान हंसियाले घाँटी रेटेर हत्या गरेको अवस्थामा रोजिनाको शव फेला परेको थियो । पक्राउ परेका राईले २०५८ माघ ६ गते बेलुका खेताला बोलाउन मृतककी दिदी चमेली राईको घरमा जाने क्रममा छिमेकी गोठमा रहेकी रोजिनालाई संगै जबरजस्ती तानेर लगेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले पत्रकार सम्मेलन गर्दै घटनाको सार्वजनिक गरेको हो । त्यसबेला दिदी चमेली राईको घरमा जाने क्रममा छिमेकी भीममाया राईको घरबाट पश्चिम तर्फको बाटो भन्दा केही तल रोजिनाको शव भेटिएको थियो । आरोपितले रोजिनालाई लिएर दिदी चमेलीको घरमा जाने क्रममा बाटोबाट लडेर डिलमुनि खसेर रुनथालेपछि म आफू फंस्छु भनेर रोजिनाले बोकेकै हंसियाले घाँटी रेटेर हत्या गरेको स्वीकार गरेको उपरिक्षक श्रेष्ठले बताए । प्रहरीले घटनाको मुचुल्का, मिसिल, फोटो अध्ययन शुरु गरेको जनाएको छ । त्यसलाई हेर्दा यौनजन्य क्रियाकलाप हो कि भन्ने पनि शंका रहेको र खुलि नसकेको बताइएको छ ।

घटनाको अनुसन्धान गर्ने क्रममै राईलाई गएको माघ १६ गते पक्राउ गरि अदालतबाट म्याद थप गरि अनुसन्धान शुरु गरिएको इलामका प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय