प्रेस चौतारी इलामको अध्यक्षमा चापागाईंः पत्रकार अधिकारीलाई सम्मान

द्वारा प्रकाशित गरिएको हो |
२०७८ पुष ३०, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलामः प्रेस चौतारी नेपाल इलामको नवौं जिल्ला सम्मेलनले भीम चापागाईंको अध्यक्षतामा १९ सदस्यीय सर्वसम्मत रुपमा नयाँ जिल्ला कार्यसमिति गठन गरेको छ ।

विहीबार इलाम सदरमुकाममा सम्पन्न चौतारीको अधिवेशनले उपाध्यक्षमा योगेन्द्र शंकर, सुष्मा श्रेष्ठ, सचिवमा किरण पौडेल, सहसिचवमा मनोज अधिकारी र सरिता राई तथा कोषाध्यक्षमा भगिरथ भण्डारीलाई चयन गरेको छ ।

चौतारीको जिल्ला सदस्यमा शान्ति गुरुङ, बुधराज लिम्बू, सौरवी सुनुवार, बन्दना अधिकारी, दिपक राई, बबिता मैनाली, मिलन मुखिया, भीम विसुंखे, तारा खाती, बलिभद्र विवश, गोविन्द लामिछाने र दिपेन लिम्बु चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश सांसद रामबहादुर राना, विशेष अतिथि प्रदेश सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, जिल्ला अध्यक्ष तथा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, प्रेस चौतारीका केन्द्रीय सदस्य सन्दिप राईले मन्तब्य राखेका थिए ।

बिमल दाहालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेकपा एमाले इलाम नगरपालिका सचिव ठाकूर श्रेष्ठ, प्रेस चौतारीका पूर्व अध्यक्ष प्रकाश अधिकारी, अनेरास्ववियू इलामका अध्यक्ष संचिनजंग रायमाझी, पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, वाणी एफएमका स्टेशन मेनेजर सोमनाथ सुसेली र प्रेस संगठन इलामका अध्यक्ष बुद्धमाया सोङमीले पनि शुभकामना मन्तब्य राखेका थिए ।

अधिवेशनको बन्द सत्रमा निवर्तमान समितिको सचिव किरण पौडेल र कोषाध्यक्ष भगीरथ भण्डारीले पेश गरेका सांगठानिक र आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो ।

प्रेस चौतारीद्वारा पत्रकार अधिकारी पुरस्कृत

प्रेस चौतारी नेपाल इलामले नवौं जिल्ला अधिवेशनको अवसर पारेर इलामका सञ्चारकर्मी मनोज अधिकारीलाई प्रेस चौतारी पुरस्कारबाट पुरस्कृत गरेको छ ।

रेडियो बुद्ध वाणी फिक्कलमा कार्यरत अधिकारीलाई नगद १० हजार सहित सम्मान पत्र प्रदान गरिएको थियो ।

बुद्ध वाणीको समाचार सम्पादक र इलाम खबर अनलाइनका सम्पादक, सञ्चालक अधिकारीले पत्रकारिता मार्फत इलामको विकास र पत्रकारिताको विकासमा पुर्याएको योगदानको कदर गर्दैं प्रेस चौतारीले पुरस्कृत गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य राम रानाले सम्मान पत्र प्रदान गरेका थिए । यसरीनै विशेष अतिथि नेकपा एमालेका प्रदेश सदस्य गणेश बरालले दोसल्ला ओढाएका थिए भने विशेष अतिथि नेकपा एमाले इलामका अध्यक्ष महेश बस्नेतले नगद पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय