कन्याममा बसोबास गर्ने तामाङ समूदायले पनि मनाए सोनाम ल्होसार

द्वारा प्रकाशित गरिएको हो |
२०७८ माघ १९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गोपाल गिरी,कन्यामः आफ्नै विशिष्ट पहिचान सहित छुट्टै भाषा ,धर्म,लिपि र संस्कतिले युक्त नेपालको प्रमूख जाति तामाङ सामूदायले २५५८ सोनाम ल्होसार बाघ वर्गको अवसरमा आज बिबिध कार्यक्रम गरेका छन्। सूर्योदय नगरपालिका वडा नं ७ अन्तर्गत कन्याममा बसोबास गर्ने तामाङ जातिले पनि महान् पर्व ल्होसार विगतको वर्षहरुमा भन्दा भिन्न तरिकाले मनाएका छन् ।

डि वि ग्यावकको संयोजकत्व तथा विराज तामाङको उप संयोजकत्वमा गठित समितिको आयोजनामा कोरोना महामारीको अवस्थालाई ख्याल गर्दै ५ टोलमा २५ ,२५ जनाको समूहमा जम्मा भई लामा डम्फूरे सहित भेला भई सांस्कृतिक कार्यक्रम गर्दै ग्यावक चोकमा आफ्नो रीतिरिवाज अनुरुपको खानपिन सहित हर्षोउल्लास पुर्वक मनाएका हुन् ।

कन्याममा रहेको पवित्र डि छ्याव छेवाङ बौद्ध गुम्वामा विहान ल्हो अनुसारको ग्रह पूजा गरि प्रारम्भ गरिएको कार्यक्रममा स्थानीय तामाङ जातिको उल्लेख्य उपस्थिति रहेको थियो ।

धार्मिक रुपमा बौद्ध धर्मलाई सातौ शताब्दी भन्दा अगाडि नै ग्रहण गरेका यश सामुदाय मूल रुपमा काठमाडौ उपत्यका का साथै नेपालका विभिन्न जिल्ला हरु काभ्रेपलान्चोक ,ललितपुर ,रसुवा ,मकवानपुर ,सिन्धुली,दोलखा,धादिङ ,रामेछाप तथा बसाइँसराइ लगायतका कारणले अन्य ठाउँ हरुमा समेत रहेको पाईन्छ ।नेपाल बाहिर भारत भूटान लगायतका देशहरुमा पनि यो सामुदाय रहेको पाईन्छ ।

सुर्योदय नगरपालिकाको कन्याममा १५० भन्दा वढि घर संख्यामा विभिन्न थर का तामाङ जातिको बसोबास रहेको छ। नेपाली कला,साहित्य ,संगीत ,राजनीति आदि को क्षेत्रमा अतुलनीय योग्दान गरेका तामाङ सामूदाय ले भावी पुस्तालाई आफ्नो संस्कार ,संस्कृति को जगेर्ना गर्नमा प्रेरित गर्न आफुहरु लागि परेको आयोजक समिति सदस्य तथा ईलाम टि गार्डन् ईंग्लिश स्कूलका प्रिन्सिपल तेजेन्द्र तामाङले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय