लेउ मुनीको जिन्दगी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ माघ २६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दीपिका ढुङ्गाना,फिक्कलः

लाग्छ मानिस र सङ्घर्ष जुम्लिया शब्द हुन
जुन निसंकोच म भन्न सक्छु
त्यो तलाउको लेउ हेरी अनेक कल्पनामा बहन थाल्छ यो मन
बाहिरबाट हेर्दा कुरूप देखिने त्यो लेउ मुनी नि सङ्लो संसार छ
हो मेरो पनि मन रूपि तलाउमा लेउ रूपि कुरूप सङ्घर्षका धेरै पत्र भएनी
जलकुम्भी रूपि सपनाहरू रमाउन थालेका छन आजकल आफै भित्र

आहा ! कति सुन्दर कल्पना गरेकी छु मैले त्यो लेउ मुनीको जिन्दगी
जहाँ सङ्घर्ष त छ अनि शान्ति पनि
देख्दा पीडित छन् सारा तलाउको पानी
ढपक्कै ढाकेको छ लेउले सारा कुना
तर कहि कतै त्यो जलकुम्भीले लेउ पन्छाएर त्यो पाताल टेकेर टाउकोमा सूर्यको किरणको आशिर्वाद लिइरहेको छ
हो म पनि त्यही लेउ मुनीको जिन्दगीमा रमाउदै छु
दुख पिडा बाधा अड्चनलाइ टेकेर बुबाआमाको आशिर्वादले जीवन जीउने आटँ गर्दै छु

जस्तो जिन्दगी उस्तै परिप्रेक्ष्यमा रमाउन थालेको छ यो मन
अब त भाग्यलाई सराप्दै आँसु पिएर बाँच्ने होइन सफलता हासिल गरेर समयको माग अनुसार जिउनु छ
लगभग १०० पर्ने आफन्तको मोल १० मा झार्नु छ
केही गर्न सक्दिनँ भनि हतोत्साही बनाउन प्रयत्न गर्ने हरूलाई सफलताको चुलीमा उभिएर खुशीको झण्डा फहराउनु छ
अनि जिन्दगीलाई कल्पना गरे अनुसारको बनाउनु छ
सादा सुन्दर हो ठ्याक्कै लेउ मुनीको जस्तै

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय