१७ वटा दमकल प्रयोग गरी १२ घन्टापछि आगो नियन्त्रणमा

द्वारा प्रकाशित गरिएको हो |
२०७८ माघ २९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाःमेचीनगर १४ दुहागढीको मगमग चाउचाउ कारखानामा लागेको आगो करिब १२ घन्टापछि नियन्त्रणमा आएको छ । आगो नियन्त्रण गर्न झापा, मोरङ, सुनसरी र इलामका एक दर्जन दमकललाई करिब १० घन्टा समय लागेको थियो ।

मनषा थाइफुड्सद्वारा उत्पादित चाउचाउ उद्योगमा शनिबार बिहान करिब साढे ४ बजेदेखि विद्युत सर्ट भएर आगलागी सुरु भएको थियो ।
मनषा थाइफुड्सले चिज बल्स र मगमगलगायत चाउचाउ उत्पादन गर्दै आएको थियो । आगलागीका कारण सिंगो कारखाना र कारखानाभित्र रहेको कच्चापदार्थ, उत्पादित सामान र मेसिन जलेर पूर्ण रुपमा नष्ट भएको संचालक बुद्धि घिमिरेले दाबी गरेका छन्।

‘आगलागीबाट केही पनि बाँकी रहेन’, घिमिरेले भने, ‘करिब एक अर्ब बढी क्षति भयो भन्ने हाम्रो अनुमान हो ।’ आगलागीबाट भौतिक संरचना, कच्चापदार्थ, मेसिनलगायत नष्ट भएको र करिब एक अर्ब क्षति हुनसक्ने प्रहरीको आँकलन छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयबासी आगो नियन्त्रणमा खटिएका थिए । आगलागी नियन्त्रणका लागि झापा, इलाम, मोरङ र सुनसरीका गरी १७ वटा दमकल प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
चार बर्ष पहिले करिब १ अर्ब लगानीमा स्थापना भएको थियो । काँकरभिट्टाको एसएस फुटवेयरमा आगलागी भएको ९ दिनपछि मेचीनगरमा अर्को भीषण आगलागी भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय