युवालाई दुई महिना निशुल्क आधारभुत कम्प्युटर तालिम दिँदै सूर्योदय युवा परिषद्

द्वारा प्रकाशित गरिएको हो |
२०७८ फाल्गुन ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः सूर्योदय नगर युवा परिषद्ले युवाहरुलाई निशुल्क आधारभुत कम्प्युटर तालिम दिने भएको छ । आज एक कार्यक्रमका बिच आधारभुत कम्प्युटर तालिमको उत्घाटन गरिएको हो । प्रत्येक वडाबाट ५ जनाको सहभागिता हुने गरि १४ वडाका ७० युवालाई दुई महिना तालिम प्रदान गरिने परिषद् सदस्य सृजना राईले जानकारी दिईएकी छन् । वडा नं १ का लागी गोर्खे बजार, वडा नं २,३ का लागी पशुपतिनगर,४,५ वडाका लागी समालबुङ्ग मावि र जनक मावि, वडा नं ६ देखी १२ सम्मलाई फिक्कल बजार र वडा नं १३ र १४ का लागी ज्योति मावि र सरस्वती माविमा तालिम संचालन गरिने राईले बताएकी छन् । सूर्योदय नगरपालिकाको आर्थिक सहयोगमा आयोजित सो तालिम आगामी आईतबारबाट शुरु हुँदैछ ।

परिषद् अध्यक्ष डिल्लि आचार्यको अध्यक्षता एवं नगरप्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न उत्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराईली को विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराई,शिक्षा शाखा प्रमुख योगनिधि भट्टराई लगायतको समेत आतिथ्यता थियो । सहायक प्राविधिक नविन पौडेलले संचालन गरेको कार्यक्रमलाई परिषद सदस्य बिमल साङ्गपाङ्गले स्वागत गरेका थिए । युवा लक्षित कार्यक्रम गर्दै आएको परिषदले यसअघि पनी युवा कृषकलाई तिन दिवसिय चिया कटाई सम्बन्धि तालिम दिईसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय