इलाम नगरपालिका १० मा स्वास्थ्य कार्यलय भवन उत्घाटन

द्वारा प्रकाशित गरिएको हो |
२०७८ फाल्गुन ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

गोदक,गोपाल अधिकारीः इलाम नगरपालिका वडा नं.१० को नवनिर्मित स्वाथ्य कार्यलय को भवन उत्घाटन गरिएको छ । प्रमुख अतिथि नगर प्रमुख महेश बस्नेत र उपप्रमुख शुशिला नेङमाङ वाट संयूत्त रुपमा रिवन काटी शिलालेख खोलेर उत्घाटन गरिएको हो ।

इलाम नगरपालिका को आर्थीक सहयोगमा भवन निमार्ण भएको हो । वडा नं. १० का वडाध्यक्ष रोम बहादुर लुङगेलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमख प्रसाशकिय अधिकृत कालि प्रसाद भुजेलले स्वागत मन्तव्य राखेका थिए भने नगरका इन्जिनियर प्रमुख दिपक गुरगाइले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनका अनुसार आर.एन कन्ट्रक्सन इलामसंग ३२ लाख २४ हजारमा २०७७ साल जेठमा सम्झैता भई म्याद थप गरि २०७८ साल जेठ १८ गते भवन निर्माण सम्पन्न गरिएको हो ।

कार्यक्रमको अवसरमा जग्गादाताहरुलाई सम्मान गरिएको छ । स्वास्थ्य भवन निमार्णका लागी जग्गा दान गर्ने जग्गादाता सोम नाथ भट्टराई , इलाम नं. पा १० मा भ्यू टावर मुर्ती डाँडा बनाउन जग्गा दान गर्ने पूर्ण बहादुर राई , रुक्मिणी आचार्य र चन्द्रकला राई रेग्मीलाई दोसल्ला सहित सम्मान पत्रवाट सम्मान गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथी बस्नेतले नगर वाट सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवाप्रदान गर्दै आएको साथै पहिलो दोश्रो र तेश्रो सन्तानलाई तिनहजार,चौथो सन्तानलाई चारहजार र पाचौं वा सो भन्दामाथी सन्तान प्राप्तगरि ३५ दिन भित्रमा आफनु वडामा जन्मदर्ता गराएमा ५ हजार वडा मार्फत सहयोग गर्ने, सुत्केरीलाई निशुल्क भिडियो एक्सेरे गरिदै आएको जानकारी दिएका छन् ।

इलाम नगरपालिका वडा नं. १० लाई एक र्पयटकिय नगरिको रुपमा स्थापित गर्न आफुहरु सफल बस्नेतले बताएका छन् । इलाम नगरपालिका वडा नं. १० मा पर्ने माईभगवती रंगशालामा फुटवल मात्र खेलिँदै आएको र थप खेल संचालन सम्बन्धी एक खेल र्पयटकिय वडाका निम्ती डिपि आर समेत निमार्ण भएका उनले बताए ।

भवन निमार्णका लागी राष्ट्रपति सहयोगार्थ नन्द मावि लाई ३६ लाख, पुर्ण स्मारक मा.विलाई १८ लाख नगर वाट प्रदान गरिएको जानकारी दिएका छन् । सिमान्तकृत जातीको रुपमा रहेको लोपन्मुख लाप्चा जातीका लागी लेप्चा संग्रालयको काम दुई लाख बजेटबाट चाँडै गरिने प्रतिबदता जायर गरेका छन् ।

कार्यक्रममा सम्मान पाउनेको तर्फबाट पूर्ण बहादुर राई, ९ नं. वडाका वडाध्य कृष्ण प्रसाद घिमिरे,४ नं.का वडाध्यक्ष नुतनदेव दुलाल लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रममा कार्यक्रमको संचालन वडा नं. १० का सचिव खड्ग बस्नेतले गरेका थिए । कार्यक्रममा सबै राजनितिक दललाई पत्राचार गरिए पनि केही उपस्थिित नभएको भन्दै वडा सचिव बस्नेतले दुखेसो गरेका छन् । जनसरोकाको विषयमा हरेक ब्यक्ति समुह तथा राजनितिक दलहरु उत्तिकै जिम्मेवार हुनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय