
फिक्कलः सूर्योदय नगरपालिकाकी उप–प्रमुख दुर्गादेबी भट्टराईले बैदेशीक रोजगारीले देशमा रेमीटयान्स भित्रीयो भनेर खुसी हुँने अवस्था नरहेको बताउनु भएको छ । बुधबार सूर्योदय नगरपालिकामा सुरक्षित आप्रवासन परियोजना ९सामीले० गरेको छलफल कार्यक्रमममा बोल्दै उहाँँले परिवारको खुसीका लागि बैदेशीक रोजगारीमा गएका ब्यक्ति घर फर्किदा कलह थपिने गरेको बताउनु भयो । पारिवारीक, सामाजिक कारणले बैदेशीक रोजगारीका कारण महिला बढी पीडित बनीरहेको उहाँको भनाई छ । उप प्रमुख भट्टर्राले बिदेश गएका युवती समेत गाउँघरमा आएर पुर्नस्थापित भएर बस्नका लागि निक्कै सकस रहेको बताउनु भयो । उहाले श्रीमती बिदेश पठाएका पुरुषलाई समेत गाउँ समाजमा समस्या पर्ने गरेको बताउनु भयो । उहाले भन्नु भयो‘ जुन अमैनचैनका लागि बिदेशीने चलन छ , बिदेशमै हुँदा र घरर फर्कीएपछि त्यो अमनचैन हुँदैन भने बिदेश किन जानुरु’उप प्रमुख भट्टराईले श्रीमान बिदेश गएका महिलालाई बितीय साक्षरताको खाँचो रहेको बताउनु भयो ।
बैदेशिक रोजगारिले रेमिटयान्स भित्राए संगै पारिवारीक कलह बढदै गएको सरोकारवालाले औल्याएका हुन । सरोकारवाला सहभागीले बैदेशिक रोजगारिले रेमिटयान्स संगै पारिवारीक कलह बढदै गएको औल्याएका छन् ।



सामी परियोजनाका प्रदेश १ का परियोजना संयोजक कोपीला दाहालले बिदेशबाट फर्कीएका महिलालाई घरपरिवार र समाजले हेर्ने दृष्टीकोण परिवर्तन हुँनु पर्ने बताउनु भयो । उहाँले राम्रै कामको लागि बिदेश पुगेर फर्कीएको भए पनि बिभिन्न संखाका दृष्टीले महिलालाई हेरिने गरिएकाले उनीहरुलाई जिवन यापनमै समस्या हुँने गरेको बताउनु भयो । उहाका अनुसार श्रीमती बैदेशीक रोजगारीमा गएका श्रीमानले बढी दोस्रो बिवाह गर्ने गरेको बताउनु भयो ।
सूर्योदय नगरपालिका, इलाम नगरपालिका, देउमाई नगरपालिका र माङ्सेबुङ गाउँपालिकामा सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्दै आएको सामीले इलाम सहित ३९ जिल्लाका १५६ पालिका केन्द्रित भएर काम गर्दै आएको छ । कार्यक्रममा परियोजनाका इलाम संयोजक इश्वरी तामाङले बैदेशिक रोजगारीका कारण रेमिटयान्स भित्राउने परिवारलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ताको बिषय भएको बताउनु भयो । उहाले गलत तरिकाले बिदेश जाने चलनका कारण ठगिने र ठगीएको प्रमाण समेत नहुँदा उनीहरुलाई सहयोग गर्न समस्या हुँने गरेको बताउनु भयो ।
कार्यक्रममा सामीका सामीका झापा, इलाम, पाँचथर संयोजक राम कुमार कर्णले नेपालबाट बर्षेनी ४ लाख ५० हजार युवायुवती बैदेशिक रोजगारीमा जाने गरेको बताउनु भयो । उहाले स्थानीय सरकारले समेत रोजगारी श्रृजना गर्न नसक्दा बैदेशीक रोजगारीमा जाने क्रम नरोकीएको बताउनु भयो । उहाले नेपालका ५६ प्रतिशत घरधुरी बिदेशी रेमिटयान्समा आश्रित रहेको जानकारी दिदै ७४।५ प्रतिशत नेपाली दक्षता बिनै बिदेश पुग्ने गरेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख चित्रकला बराईलीले तीनै तहका सरकारको समन्वयमा काम गर्न सके बैदेशीक रोजगारीलाई सुरक्षित गर्न सकिने बताउनु भयो । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देउ प्रसाद लिम्बुले बैदेशीक रोजगारीमा गएका परिवारका समस्या प्रहरीमा बढी आउने गरेको बताउदै परिवार र समाजलाई सजग गराउन सबै लाग्नु पर्ने बताउनु भयो ।
इलाम जिल्ला ७७ जिल्ला मध्ये बैदेशीक रोजगारीमा जानेको २४ औं स्थानमा रहेको छ । जसमा महिलाको हकमा ७ औं स्थानमा पर्दछ ।इलाममा परियोजनाले ४१६१ जनालाई परामर्श दिईएको छ । २७२ वटा केश परियोजनामा परेकोमा १५० वटा समाधान भएका छन । ४ बर्षको अवधिमा १३८ जनालाई शिप बिकास तालिम दिईएको छ । उक्त अवधिमा बैदेशिक रोजगारीमा ठगीएका ब्यक्तिको ३ करोड ७६ लाख ४१ ह्जार ५ रुपियाँ क्षतीपुर्ती बापत फिर्ता गराईएको छ ।