ताजा जनादेशबाट एमाले पुनःसत्तामा आउँछः केन्द्रिय सदस्य राम राना

द्वारा प्रकाशित गरिएको हो |
२०७८ फाल्गुन ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गोपाल अधिकारी,फिक्कलः नेकपा एमालेका केन्द्रिय सदस्य साथै इलाम इन्चार्ज राम रानाले अवको तिनतहको निवार्चनबाट नेकपा एमाले गठबन्धन विना ताजा जनमतका साथ सत्तामा आउँने बताएका छन् । परमादेशको सरकारले रमिता देखाईरहेको भन्दै उनले वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनबाट नै एमालेको लोकपृयता पुष्टि गर्ने दाबी गरेका छन् । राष्ट्रिय युवा संघ इलामको नयाँ नेतृत्व चयन सँगै बृहत कार्यकर्ता भेलालाई फिक्कलमा सम्बोधन गर्दै रानाले सो कुरा बताएका हु्न् ।

कार्यक्रमका प्रमुख अतिथी रहेका रानाले पार्टीलाई अगाडी बढाउन राष्ट्रिय युवा संघको भुमिका विशेष रहनुपर्ने पनि जनाएका छन् । जिल्लाका युवालाई निष्ठा पूर्वक रहेर काम गर्न आग्रह गरेका छन् । नेकपा एमाले मुलुकको चौतर्फी बिकासका लागी संबाहक रहेको भन्दै आफुहरु सदैव जनताको काममा अगाडी बढ्ने बताएका छन् । नेपालको पहिलो युवा संगठनको रुपमा स्थापित भएको राष्ट्रिय युवा संघ सदैव सशक्त र जिम्मेवार हुनुपर्ने उनको भनाई छ ।

सुर्योदय नगरपालिकाको लाप्चा भवनमा भएको राष्ट्रिय युवा संघको भेलाले चन्द्र पाठकको नेतृत्वमा ५५ सदस्य समिति गठन गरेको छ । कार्यक्रम राष्ट्रिय युवा संघ इलामका संयोजक अरुण बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

राष्ट्रिय युवा संघ इलामका सह–संयोजक रुपेन नेङमाङले स्वागत मन्तब्य राखेको कार्यक्रममा नेकपा एमाले इलामका उपसचिव रविन्द« सुबेदी,राष्ट्रिय युवा संघ केन्द्रका अनुसाशन विभाग सह(संयोजक नरेन्द्र श्रेष्ठ,राष्ट्रिय युवा संघ प्रदेश नं १ का सह संयोजक ज्ञानु दाहाल,राष्ट्रिय युवा संघ इलामका सह इन्चार्ज सुजन नेपाल,राष्ट्रिय युवा संघ इलामका सचिवालय सदस्य अभिषेक प्रताप पोडेल, जिल्ला कमिटि सचिवालय सदस्य छत्र सुब्बा,जिल्ला कमिटि सदस्य प्रवेश पराजुली,पुष्प थेवे लगायतले शुभकामना मन्तव्य राखेकाथिए ।

कार्यक्रममा इलामकोे लुम्दे,साकफारा,जमुना लगायत क्षेत्रबाट समेत अगुवा कार्यकर्ताको उत्साह पुर्वक सहभागिता रहेको कार्यक्रमका संचालक दिनेश ढकालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय