थुक्क मेरो बुद्धि ! गिरिजालाई राष्ट्रपति बन्न नदिनु गल्ती गरेँछुः प्रचण्ड

द्वारा प्रकाशित गरिएको हो |
२०७८ फाल्गुन ३०, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

विराटनगरः नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष प्रचण्डले गिरिजाप्रसाद कोइरालाई राष्ट्रपति नबनाएर र रुक्मांगद कटवाललाई चलाएर गल्ती गरेको भन्दै पश्चात्ताप गरेका छन्।

प्रचण्डले पार्टीको प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रममा आइतबार यस्तो स्विकार गरेका हुन्। कार्यक्रमका वेला नेपाली कांग्रेसका नेता स्व। गिरिजाप्रसाद कोइरालालाई उनले स्मरण गरे। उनले भने, ‘त्यो बूढो मान्छेलाई राष्ट्रपति बनाएको भए के हुन्थ्यो होलारु ३ महिनामा जाँदै गरेको रुक्मांगद कटवाललाई किन हटाएको होला रु थुक्क मेरो बुद्धि१’

प्रचण्डले एकातर्फ खरा क्रान्तिकारी रामबहादुर थापा ‘बादल’ र अर्कोतर्फ वैचारिक नेता बाबुरामले गर्दा त्यस्तो निर्णय लिएको दाबी गरे। त्यसवेला बादल र भट्टराईले कर गरेर आफूले यस्तो निर्णय लिएको भन्दै आफ्नो बचाउ गरे। उनले भने, ‘उहाँहरूका पछाडि लाग्दा त्यसवेला राष्ट्रपति हारियो, सरकार गुम्यो।’

हाल पनि त्यस्तो हुने सम्भावना देखेरै १२ बुँदे व्याख्यात्मक टिप्पणी गर्दै एमसिसी पारित गरेको उनले चर्चा गरे। उनले कार्यकर्तालाई एकजुट हुन पनि आह्वान गरे।

उनले दुई पार्टीमात्रै राख्ने गरी नेपालमा अन्तरराष्ट्रिय ग्रान्ड डिजाइन सुरु भएको बताउँदै त्यसखालको शक्तिले माओवादीलाई सिध्याउने प्रयास गरिरहेको र नेतृत्वमाथि विभिन्न आक्रमण गरिरहेको दाबी पनि गरे।

उनले कार्यकर्तालाई भने, ‘सबै पक्षको तालमेल मिलाएर युद्ध जितेका हौं, डोकोमा रेडियो बोकिन्थ्यो, आफू घाइते हुँदा बोक्ने स्ट्रेचर बोकेर, आफू मर्दा पुरिने खाल्डो खनेर युद्धमा गएका थियौं।’ उनले थपे, ‘त्यहाँ एकता थियो, त्यही कारण हामीले जितेका हौं, अहिले पनि त्यही अवस्थाको एकता गर्नुहोस्।’

उनले आगामी निर्वाचनका लागि स्थानीय तहमा केन्द्रित भएर अभियान चलाउन पनि प्रदेशका नेताहरूलाई सुझाव दिए। उनले आगामी निर्वाचनमा आफ्नै बलबुतामा लड्नसक्ने पार्टी बनाउन कार्यकर्तालाई आग्रह गरे।

यस्तै प्रशिक्षणमा माओवादीका नेता नारायणकाजी श्रेष्ठले एमसिसीबारे आफू धेरै नबोल्ने बताएका थिए। एमसिसीबारे धेरै नबोल्नु भन्ने पार्टीको निर्देशन रहेको र जेठ २० गतेपछि पार्टीको फोरममा यसबारे छलफल हुने बताउँदै उनले भने, ‘व्याख्यात्मक घोषणाको विषयमा पनि त्यतिवेलै आवश्यक छलफल गरौंला।’

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, प्रदेश १ का माओवादी इन्चार्ज राम कार्कीलगायतले आफ्नो धारणा राखेका थिए भने प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ ९मिक्सो०ले प्रदेशको पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका थिए।

कार्यक्रममा प्रदेश १ भरीका प्रदेश कमिटी पदाधिकारी तथा सदस्य, प्रदेश सल्लाहकार, प्रदेश ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य, प्रदेश परिषद् सदस्य, प्रदेश प्रतिनिधि, जिल्ला समन्वय समितिका सदस्य, पालिका कमिटीका पदाधिकारी, जबस मोर्चाका केन्द्रीय पदाधिकारी तथा सदस्य, प्रदेश पदाधिकारी र जिल्ला अध्यक्ष तथा संयोजक, प्रदेश विभागका पदाधिकारी तथा विभागका सदस्यहरू गरी १ हजार ५ सयभन्दा बढी सहभागी भएको प्रदेश १ का सचिव गणेश उप्रेतीले बताए। थाहाखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय