चैत्र ६ गते फिक्कलमा एमाले अध्यक्ष ओलिको सम्बोधनः १२ हजार मानिस सहभागि गराउने तयारी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ चैत्र ३, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी,फिक्कलः नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली इलामको फिक्कल आउने दिन नजिकिदै गर्दा एमालेले जिल्ला,नगर तथा वडा कमिटिका वैठकहरुलाई तिव्रता दिइरहेको छ । यहि चैत्र ६ गते आईतबार सूर्योदय नगरपालिका वड़ा नं १० फिक्कल बजारमा आयोजना हुने वृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न पार्टी अध्यक्ष ओलि र केन्दिय कमिटि उपाध्यक्ष साथै संविधान सभाका अध्यक्ष सुबास नेम्वाङ फिक्कल आउन लागेका हुन् ।

कस्तो छ तयारी ?

कार्यक्रमको अवसरमा विभिन्न पार्टी परित्याग गरी थुप्रै नेता, कार्यकर्ता एमालेमा प्रवेश गर्ने पार्टीले जनाएको छ । जनसभालाई सम्वोधन गर्न अध्यक्ष ओलि आउने भए संगै नेकपा एमाले सूर्योदय नगर कमिटीको बैठक निरन्तर बसिरहेको नगरकमिटि अध्यक्ष दुर्गादेवि भट्टराईले जानकारी दिनुभएको छ । नेकपा एमाले सूर्योदय नगर कमिटि मुल आयोजक रहेको उक्त कार्यक्रम सफल बनाउन विभिन्न ९ उपसिमति गठन गरिएको भट्टराईले बताउनुभएको छ । कार्यक्रम सफल बनाउन २०० स्वंयसेवक खटाईने बताईएको छ ।

भिडभाडले सवारी आवातजावतमा समस्या हुने देखिएकाले ट्राफिकीङ ब्यवस्थापन गरिने प्रचारप्रसार विभागका प्रमुख पारस राईले जानकारी दिनुभएको छ । राईका अनुसार,“एकदिनका लागी वान–वे सिस्टम संचालन गरिने तयारी छ । फिक्कलको पुरानो बजार हुँदै छिपिटार सम्म र छिपिटार दावा गोलाईबाट पालिका सम्मको सडक प्रयोग हुने छ ।” प्रचारप्रचारका लागी माईकि र पत्रचारको काम तिव्र ढङ्गमा भईरहेको राईले बताउनुभयो । सुरक्षाकर्मी संगको छलफल आज हुने बताउँदै आज नै वडा कमिटि अध्यक्ष तथा नगरकमिटि पदाधिकारी संगको बैठक रहेको पनी जानकारी दिनुभएको छ ।

जनसभामा सूर्योदय नगरबाट पार्टी कार्यकर्ता, शुभचिन्तक लगायतको उलेख्य सहभागिता हुने एमाले सूर्योदयकी अध्यक्ष दुर्गादेवि भट्टराईको दाबी छ । उक्त सभामा सूर्योदयबाट १२ हजारको उपस्थिती हुने भट्टराईले जानकारी दिनुभयो । अध्यक्ष भट्टराईले उक्त सभामा सूर्योदयसंगै छिमेकी पालिकाहरुबाट समेत उल्लेख्य मात्रामा सहभागिता गराउन नेता तथा कार्यकर्तालाई आग्रह गर्नु भयो ।

फिक्कलमा हुने विशाल जनसभामा पुर्व प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली आउने खबरले जिल्ला बासि उत्साहित बनेको संगठन विभाग प्रमुख होम बहादुर कार्कीको भनाई छ । पार्टि अध्यक्ष ओलिको आगमन सगैं जिल्लमा एमालेमा प्रवेशको जन लहर आउने कार्कीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय