
मनोज अधिकारी,फिक्कलःसूर्योदय नगरपालिका वडा नं ९ को आयोजनामा बाल प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रम सम्पन्न भएको छ । सनिबार राष्ट्रिय आधारभुत विद्यालय रम्फोकको प्राङ्गणमा सम्पन्न कार्यक्रममा वडा भरिका १० विद्यालय सहभागी थिए ।
विद्यार्थीहरुका बिच हस्तलेखन,गायन,नृत्य, साहित्य सृजना र वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको थियो । वडाको आर्थीक बर्ष २०७८÷७९ को स्विकृत कार्यक्रम अन्तर्गत कार्यक्रम आयोजना गरिएको वडा सदस्य जय राईले बताएका छन् ।



कार्यक्रममा प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएका नगरप्रमुख रणबहादुर राई ब्यस्थताका कारण सहभागि भएनन् । उनले सन्देश मार्फल बालबालिका लक्षित कार्यक्रमको प्रशंसा गरेका छन् । नगर प्रमुख राईको भनाई उद्रित गर्दै वडाध्यक्ष देबेन्द्र आचार्यले भने, “बालबालिका हाम्रा भविष्य हुन् । उनिहरुका हरेक कार्यक्रमहरुमा हामिले चासो र महत्व दिईएका छौँ । आगामी दिनमा बालमैत्री कार्यक्रम साथै विकास निर्माणमा बालबालिकाहरुको माग,योजना सम्बोधन गर्ने र साझेदार बनाउन म प्रतिबद्ध छु” ।
कार्यक्रमकी विशेष अतिथी महिला बालबालिका ज्येष्ठ नागरिक तथा अपाङ्गता शाखा सूर्योदयकी प्रमुख तारा शेर्पाले बालमैत्री नगरको घोषणा गर्ने तयारी रहेको बताउँदै ५१ सुचकको अवस्थाका बारे जानकारी गराईन । बालबालिका लक्षित थुप्रै कार्यक्रम नगरले ल्याएको र वडाले पनी यस्ता कार्यक्रम मार्फत विद्यार्थीहरुलाई समेटी रहेकोमा खुशी ब्यक्त गरिन् । उनले विद्यालयको हरेक बैठकमा बालसहभागिता अनिवार्य रहने बताएकी छन् । बालबालिकाको हक अधिकार सुनिश्चित गर्न सबैपक्ष लाग्नुपर्ने शेर्पाको भनाई थियो । बालबिवाह र बालश्रम हुन नदिन सचेत हुनुपर्ने बताउँदै उनले कुलत र दुर्वेसनीमा नफस्न बालबालिकालाई आग्रह गरेकी छन् । यहि चैत्र अन्तिम सम्ममा बालमैत्री नगर घोषण गर्ने तयारी रहेको पनी उनले सुनाईन् ।
कार्यक्रमका अध्यक्ष, ९ नम्बर वडाध्यक्ष तथा नगर आर्थिक विकास समिति संयोजक देबेन्द्र सर्माले यो कार्यक्रम सामान्य मात्र भएको र असार मसान्त अगाडि अर्को महत्वपुर्ण कार्यक्रम आयोजनाको तयारी रहेको बताए । उनले भने,‘यो प्रारम्भिक कार्यक्रम हो’। सबैभन्दा पहिले बालक्लब गठन गर्ने वडा आफ्नो रहेको भन्दै बालहित कोष खडा भएको सुनाए । बालबालिकाको चौतर्फी क्षेत्रमा काम गर्ने उद्धेश्यले गठित बालकोषको माध्ययमबाट बालप्रतिभा पहिचान गर्ने,सामाजिक अन्तरसम्बन्ध बृद्धि गर्ने, विकासमा साझेदारी, प्रतिभावान बालबालिकाहरुका लागी पहुँच स्थापित गर्ने, जटिल किसिमका रोग निराकरणमा डाक्टरसम्म समन्वय गराउने जस्ता कामको उद्धेश्य राखेर कोष शुरु गरिएको वडाध्यक्ष आचार्यले बताएका छन् । कोषमा वडाकार्यलय,नगरपालिका र दाताहरुको सहयोगमा रकम संकलन भैरहेको बताउँदै स्वंयम विद्यार्थीहरुले जन्मदिन मनाउने खर्च जोगाएर पनी सहयोग गर्ने गरेको सनाए ।उनि भन्छन्, “कोषमा हाल करिब एक लाख बराबर रकम मौज्दात रहेको छ । विकास साझेदार संस्थाहरुसंग सहकार्य गर्नेगरि बालहित कोष संचालन कार्यविधि दर्ताको प्रकृयामा छौँ ।”
सार्वजनिक बिदाका दिन आयोजित कार्यक्रममा १० विद्यालयका प्रतियोगी विद्यार्थीहरु,शिक्षक शिक्षिका,१३ टोल विकास संस्थाका संयोजकहरु,अविभावक लगायतको सहभागिता रहेको थियो । सम्पन्न प्रतियोगिताको नृत्य तर्फ एकल र सामुहिक गरि १७ वटा गितमा प्रतिष्पर्धा भएको छ । उक्त विधाको सान्तवना पुरष्कार इलाम ग्लोरियस इङ्ग्लिस स्कुल,तृतिय होलिन्जल इङ्ग्लिस स्कुल,द्धितिय हेरोहेल एकेडेमी र प्रथम बालागुरु ज्ञान विज्ञान इङ्ग्लिस स्कुल भएको जनाईएको छ । ६ वटा गायन, ४ वटा वक्तृत्व र हस्तलेखनमा १५ विद्यार्थी प्रतिष्पर्धी थिए । कार्यक्रममा वडाका ५ सामुदायिक र ५ संस्थागत गरि १० विद्यालय सहभागि थिए ।
कार्यक्रममा सहभागिलाई वडासदस्य मोहन बहादुर लाप्चाले स्वागत मन्तब्य राखेका थिए भने विद्यालयहरुको तर्फबाट राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक बुद्धिमान राईले शुभकामना मन्तब्य राखे । कार्यक्रमको संचालन वडासदस्य जयकुमार राईले गरेका थिए ।