
फिक्कलः पुर्वप्रधानमन्त्रि एवं नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम क्षेत्र नं १ स्थित फिक्कल बजारमा नेकपा एमालेले वृहत जनसभा गरेको छ । सभालाई सम्बोधन गर्दे नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले एमालेका मतले जितेर एमालेलाई फुटाउने जनप्रतिनिधिहरुले जनतालाई ढोगेर माफ माग्नु पर्ने बताएका छन् । सूर्योदय नगरपालिकाको फिक्कलमा आयोजित नेकपा एमालेको वृहद आमसभालाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्बाङ भने ‘एमालेबाट जितेर एमालले छोड्ने जनप्रतिनिधिहरुले जनतालाई १० पटक नमस्कार गर्नुहोसु त्यसपछि अध्यक्ष ओलीले तपाईहरुको विषयमा सोच्नु होला’
विगतमा पार्टी फुट्दा १०७ मतले पराजित हुनुपरेको पीडा संझन नेम्बाङले आग्रह गरे । नेकपा एकिकृत समाजवादी पार्टीका नेता झलनाथ खनालप्रति लक्षित गर्दै नेम्बाङले भने, ‘त्यो बेला तपाईले भन्नु भएको थियो, पार्टी पुटाउनेहरुलाई जनताले साथ दिँदैनन् भनेर त्यो कुरा नागरिकको दिमाखमा ताजै छ ।’
पार्टी फुटाउनेहरुसँग हिसाब किताब चुक्ता गर्न जनता बहीखाता बोकेर बसेको उल्लेख गर्दै उपाध्यक्ष नेम्बाङले नागरिकले हिसाब किताब गर्लान् भनेर गठबन्धन निर्वाचनसँग तर्सने गरेको पनि बताए ।
उपाध्यक्ष नेम्बाङले मेचीदेखि महाकालीसम्म एमाले प्रवेशको लहर चलेकाले एमालले पार्टी फुटाएर विपक्षी पार्टीलाई सरकारमा पुर्याउनेहरुको मतपेटिका खाली हुने ठोकुवा गरे ।



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले लगाई दिएको जुङ्गा समेत नताछि एमालेतिरै फर्केर धारे हात लगाउनेहरु लाजपचुवा भएको बताएका छन् । नेकपा एमालेबाट विभाजित भएर नेकपा एसमा जाने नेताहरुलाई लक्षित गर्दै अध्यक्ष ओलीले एमालेले लगादिएको फुलिसमेत नफुकाली एमाले विरुद्धमा खनिएको भन्दै आपत्ति जनाए ।
इलामको क्षेत्र नं। १ को फिक्कल बजारमा आयोजित नेकपा एमालेको वृहत आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रश्न गरे, ‘एमालेको भोटले भत्ता खाएकाहरुले पार्टी छोडेपछि भत्ता फिर्ता गर्नुपर्दैन रु’
एमालेसँग एक्लै भिड्ने आँट नभएकाले पाँच दलीय गठबन्धन बनेको पनि ओलीले बताए । पाँच दलीय जुनकिरी हो हामी सूर्य हौं’ अध्यक्ष ओलीले भने, ‘एमाले सुर्य हो, संसार ढाक्ने सुर्यको अगाडि जुनकिरीको पिलपिलको काम छैन ।’ पाँच दलीय गठबन्धनलाई एउटै कुचोले बढार्ने पनि उनले दाबी गरे ।
अन्य पार्टीबाट नेकपा एमालेमा प्रवेश गर्ने कार्यकर्ताहरुलाई स्वागत गरेका अध्यक्ष ओलीले एमालेमा प्रवेशको लहर पाँच दलीय भाँडो नरित्तिएसम्म चलिरहने पनि बताए ।
अध्यक्ष ओलीले आयोगको पछिल्लो कार्यशैली प्रति पनि आपत्ति जनाएका थिए । मतपत्र हरियो बनाउनेदेखि मनोनयन दर्ताको समय दुई दिन राखेर आयोगले निष्पक्ष भूमिका खेल्न नसकेको उनले बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ताको लागि छुट्टाएको आपत्ति जनाएका छन् ।
इलामको सूर्योदयमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ‘गठबन्धनको खटपट मिलाउन दुई दिनको समय छुट्टाएको हो रु भनेर निर्वाचन आयोगलाई प्रश्न गरेका छन् ।
‘सधैँ मनोनयनको लागि एक दिन दिने गर्थ्यो, यसपल्ट वैशाख ११ र १२ गते दुई दिनलाई दिने भयो’, एमाले अध्यक्ष ओलीले भने,‘दुई दिन किन चाहियो रु पाँच दलीय गठबन्धनमा खटपट परेर एक दिनमा नभ्याइन सक्छ, कुरा नमिल्न सक्छ, भोलिपल्ट मिलाउन रु’
अध्यक्ष ओलीले विश्वभर मनोनयन एकै दिन हुने भन्दै नेपालमा किन दुई दिन भनेर आयोगलाई प्रश्न गर्दै भने,‘ पाँच दलीय गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो रु’
एमाले अध्यक्ष ओलीले निष्पक्ष भएर काम गर्न आग्रह गरेका छन् । ‘उहाँहरू ९गठबन्धन० मुद्दा मामिलाको माध्यमबाट निर्वाचन आयोगलाई दुरुपयोग गरेर आफ्नो पक्षमा पार्न चाहनु हुन्छ’, अध्यक्षले अघि थपे,‘ म निर्वाचन आयोगलाई सम्मान गर्न चाहन्छु र भन्न चाहन्छु निर्वाचन आयोगले एउटाको पक्षमा काम गर्ने होइन निष्पक्ष भएर काम गर्नुहोस् ।’
अध्यक्ष ओलीले काँग्रेसलाई अनुकूल हुने गरी चुनाव चिन्हमा हरियो रंग लगाएको आरोप लगाएका छन् । ‘रुखलाई हरियो पार्न सूर्यलाई पनि हरियो बनाउने रु, काँग्रेसको रुख हरियो पार्न हरियो रंग चाहियो रु काँग्रेसको रुख निलो पार्न निलो रंग चाहियो रु’, एमाले अध्यक्ष ओलीले भने,‘दलहरूसँग निर्वाचन आयोगले के परामर्श ग¥यो रु किन काँग्रेसको अनुकूल हुने गरी काम गरिरहेको छ, सूर्य हरियो हुन्छ कहीँ, सूर्यलाई पनि हरियो बनाउने रु’
एमाले अध्यक्ष ओलीले जनतामा निहित सार्भभौम सत्ता सर्बोच्च अदालतले पनि मान्नुपर्ने बताएका छन् । ‘सार्भभौम सत्ता अदालतमा होइन जनतामा निहित छ, संविधानको सर्बोच्चता सर्बोच्च अदालतले मान्नुपर्छ’, ओलीले भने,‘सर्बोच्चले संविधानको ब्याख्या गर्ने हो, संशोधन गर्ने होइन ।’
उनले माओवादीले गरेको आन्दोलनको फाइदा केही टाठाबाठाहरुले मात्रै लिएको टिप्पणी गरेका छन् । एमाले अरु पार्टीले जस्तो झुक्याउने पार्टी नभएको भन्दै ओलीले भने,‘हिजो माओवादीले युवाहरुलाई सपना देखायो, युवाहरु बलिदान गर्न तयार भए त्यसको फाइदा केही टाठाबाठा आफन्त र नातेदारले लिइरहेको छन । बलिदान गर्ने, इमान्दार लडाकुले केही पाएनन् ।’
अध्यक्ष ओलीले मन्तब्यको क्रममा इलामको पर्यटन, कृषि र समग्र विकासको विषयमा निक्कै लामो सयम खर्च गरेका थिए ।