
फिक्कलःराष्ट्रिय प्रजातन्त्र पार्टी इलामको कार्यकर्ता भेला तथा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । इलामको माई नगरपालिकामा पार्टीका केन्द्रिय प्रबक्ता भक्ती सिटौला को प्रमुख आतिथ्यता कार्यक्रम गरिएको पार्टीका याम ढकालले जानकारी दिईएका छन् । कार्यक्रममा प्रदेश नं। १ सदस्य टिकाराम चौहान, झापा उपाध्यक्ष धुर्ब उप्रेती, इलाम जिल्ला पार्टी प्रबक्ता गोपाल पौडेल , माई नगर अध्यक्ष राजेन्द्र लामिछाने , अर्जुनधारा नगर अध्यक्ष सुर्य खतिवडा , प्रदेश सदस्य ९टुकोन०प्रवीण रिमाल , पुर्ब क्षेत्रीय अध्यक्ष क्षेत्र नं।१ इलाम लक्ष्मी प्रसाईं, राप्रपा इलाम कोसाध्यक्ष धन बहादुर मगर , युवा नेता लक्ष्मी गुरुङ, भुपु।सैनिक संगठन जिल्ला अध्यक्ष राजेन्द्र चौहान लगायतको उपस्थिति रहेको थियो । पार्टीका केन्द्रिय प्रबक्ता भक्ती सिटौलाले पार्टीको उदेश्य , रणनीति तथा समसामयिक विषयमा सहभागिलाई जानकारी गराएका थिए । सो भेलाले निकेश श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन गठन गरेको छ । उक्त कार्यक्रममा २४ जना नव पार्टी प्रबेशीहरुलाई प्रमुख अतिथिले स्वागत गरेका छन् ।


