बैज्ञानिक शिक्षा तर्फ फड्को मार्दै सूर्योदय नगरपालिका

द्वारा प्रकाशित गरिएको हो |
२०७८ चैत्र ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

फिक्कलः इलामको सूर्योदय नगरपालिका बैज्ञानिक शिक्षा तर्फ फड्को मार्दै गएको छ । शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा बिज्ञान तथा गणित प्रदर्शनी सम्पन्न भएसंगै विद्यार्थीहरुको क्षमता मापन गरिएको छ । इलामको कन्याममा २ दिने बिज्ञान तथा गणित प्रदर्शनी सम्पन्न भएको हो । कार्यक्रममा नगर क्षेत्रका सामुदयीक र संस्थागत गरी १८ वटा बिद्यालयका ४सय ५० बढी बिद्यार्थीले सहभागीता जनाएका थिए । गणित र बिज्ञानलाई ब्यवहारमा परिणत गर्ने र बिद्यार्थीको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको सो गणित बिज्ञान प्रदर्शनीले बिद्यार्थीहरुलाई आगामी दिनमा कुन बाटो रोज्ने भन्ने प्रष्ट गर्दै गएको अवलोकन कर्ताले बताएका छन् । नगरले शैक्षिक गुणस्तर सुधारका लागि १२ महिना १२ कार्यक्रम अन्र्तगत बर्षेनी गणित तथा बिज्ञान प्रदर्शनी गर्दै आएको छ । पदर्शनीको अवलोकन ५ हजार बढीले गरेको नगरले जनाएको छ ।

बिद्यालय र बिद्यार्थीले सो प्रर्दशनीमा गणित र बिज्ञानका ब्यवहारीक पक्षहरु झल्कीने सामग्री निर्माण गरी पर्दशनीमा राखेका थिए । स्थानीय स्तरमा उपलब्ध सामग्रीबाट निर्माण गरीए गणित र बिज्ञानका ब्यवहारीक पक्ष झल्कीने बस्तुले सूर्योदय नगरका बिद्यालय बैज्ञानिक शिक्षतर्फ अग्रसर भएको झल्को दिन्थ्यो ।बिद्यालयहरुले आफु र आफना बिद्यालयलाई अब्बल सावित गर्नका लागि छुटाछुटै स्टलमा आफना सामग्री प्रदर्शनीमा राखेको थिए । बिद्यालयको पहलमा बिद्यार्थीले महिनौ लगाएर बनाएका सामग्रीको जनप्रतिनिधि, कर्मचारी , शिक्षक , बिद्यार्थी र अन्य सरोकारवालाले अवलोकन गरेका थिए ।

प्रविधिमैत्री शिक्षण सिकाईमा फड्को मारीरहेको सूर्योदय नगरपालिका क्षेत्रका सामुदायीक र संस्थागत बिद्यालयले प्रतिष्पर्धात्मक रुपमा प्रर्दशनीमा आफुलाई अगाडी सारेका थिए । बदलीदो वातावरणीय अवस्था देखि भिबिन्न समयमा आउने महामारी र परम्परागत सामगी्र निर्माण गरी बिद्यार्थीले पर्दशनीमा राखेका थिए । बिद्यार्थीहरुले नगरले आयोजना गरेको पदर्शनीले आफुहरुले ब्यवहारीक रुपमा बिज्ञान र गणितको अभ्यास गर्न पाएको बताएका थिए ।

कलात्मक ढंगले बिद्यार्थीले आफुले निर्माण गरेका गणित बिज्ञान सामग्रीको ब्याख्या गरेर अवलोकनकर्तालाई चकित पारेका थिए । बिद्यार्थीले सिकाई उपलब्धीका रुपमा निर्माण गरेका सामग्रीको अवलोकन गर्नेहरु सूर्योदय नगरपालिकाले शिक्षण शिकाईमा गरेका कार्यको खुलेर प्रशंसा गरीरहेका थिए ।पूर्व शिक्षक डिल्ली सुवेदीले बिद्यार्थीको सिकाईमा प्रदर्शनी उपलब्धी मुलक भएको बताउनु भयो ।

बिगतका बर्ष देखि नै नगरले गणित र बिज्ञान बिषयमा सिकाई उपलब्धी न्यून रहेको पाए पछि गणित र बिज्ञान बिषयलाई रोचक ढंगले सिकाई उपलब्धी हासील गर्नका लागि प्रदर्शनी आयोजना गर्दै आएको छ । गणित बिज्ञान बिषयको पदर्शनीले बिद्यार्थीलाई सिकाईमा सहज भएको शिक्षकहरुको अनुभवले प्रष्ट पार्दछ । शिक्षक सुमन राईले यस्ता प्रदर्शनीले बिद्यार्थीलाई ब्यवहारीक बनाउदै जाने बताउनु भयो ।
गणित बिज्ञान प्रदर्शनी केवल प्रदर्शनी मात्र थिएन । बिद्यालय र बिद्यार्थी बिचको प्रतिष्पर्धा पनि थियो । गणित र बिज्ञान बिषयका बिज्ञहरु सहित नगरका जनप्रतिनिधि , कर्मचारीले पर्दशनीमा राखीएका सामग्रीको अवलोकन गरेका थिए । नगरको चौतर्फ बिकास गर्न शिक्षाको जगद रिलो बनाउनु पर्छ भन्ने नगरको उद्देश्य सो पदर्शनीले उजागर गरेको उप मेयर दुर्गादेबी भट्टराईले जानकारी दिनु भयो ।

सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको सो प्रदर्शनीमा नगर क्षेत्रका सादुदायीक र संस्थागत बिद्यालयले बिषेश चासोका साथ सहभागीत जनाएका थिए । पर्दशनीको अवलोकन गर्दा गणित र बिज्ञान बिषयमा नगर क्षेत्रका बिद्यालयले फड्को मारेको बिज्ञहरुकै भनाई छ । प्रदर्शनीमा बिज्ञका रुपमा आउनु भएका मेची बहुमुखी क्याम्पस झापाका प्राध्यापक कुमार सुवेदीले समग्र देशको शैक्षिक अवस्था हेर्दा सूर्योदय नगर बैज्ञानिक शिक्षामा अग्रसर रहेको बताउनु भयो ।नगरले समग्र शिक्षा क्षेत्रको गुणस्तर सुधारकै लागि बिद्यालय लक्षित रचनात्मक काम गर्दै आएको छ । गािण्त र बिज्ञान प्रदर्शनीले बिद्यार्थी र बिद्यालयलाई रचनात्मक बनाउन सहयोग पुग्ने सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधी भटराईले जानकारी दिनु भयो ।

सूर्योदय नगरपालिकाले बार्षिक कार्यक्रम अनुसार शुरु गरेको १२ महिना १२ कार्यक्रमले शैक्षिक क्षेत्रको सुधारमा निक्कै सहयोग मिलेको छ । सामुदायीक बिद्यालयलाई प्रविधिमैत्री शिक्षण सिकाईको केन्द्रका रुपमा बिकास गर्न नगरले बिशेष अभियान नै संचालन गर्दै आएको छ । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईलाई बिज्ञान र गणितको ब्यवहारीक ज्ञानले बिद्यार्थीलाई भविश्यमा कता जाने भन्ने बाटो खुल्ला गर्ने बताउनु भयो । उहाले भन्नु भयो । ‘बिद्यालयको शैक्षिक अवस्था एकै पटक सुध्रिने होईन , परिवर्तन आउन समय लाग्छ ।’
प्रर्दशनीमा सहभागी बिद्यालय मध्ये उत्कृष्ठ हुने बिद्यालयलाई नगरले पुरस्कृत समेत गरेको छ । नगरले १३ बिद्यामा उत्कृष्ठ हुँने बिद्यालयलाई पुरस्कृत गरेको हो ।
नगरले माबि बिज्ञान तथा गणित तर्फ पहिलो दोस्रो र तेस्रो हुँने बिद्यालयलाई नगर २०, १५ र १० हजार तथा आधारभूत तर्फ बिज्ञान र गणितमा पहिलो दोस्रो र तेस्रो हुँने बिद्यालयलाई नगर २०, १५ र १० हजारका दरले पुरस्कार दिएको छ । नव प्रवर्तन तथा खोज बिद्यामा १ वटा बिद्यालयलाई नगद १० हजार दिईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय