
फिक्कलः इलामको सूर्योदय नगरपालिकामा प्रथम बहुभाषिक कवि गोष्ठी सम्पन्न भएको छ । नगर साहित्य कला तथा संङ्गीत प्रतिष्ठानको आयोजना र नविन साहित्य प्रतिष्ठानको ब्यवस्थापनमा आयोजित कवि गोष्ठीमा यस नगर क्षेत्रमा बसोवास गर्ने विभिन्न कवि कवियत्रीहरुले आफ्नो कविता वाचन गरेका थिए । कार्यक्रममा मातृभाषाबाट १५ वटा र नेपाली भाषामा १४ वटा कविता वाचन गरिएको थियो । सहभागीले नेपाली,राई बान्तवा,उम्बुले,लाहेरुङ,तामाङ्ग ,शेर्पा ,लिम्बु ,लेप्चा,गुरुङ,मेवाहाङ,थामी,मगर, लगायतका भाषामा रचना वाचन गरेको थिए।
नगर साहित्य कला तथा संगीत प्रतिष्ठानकी अध्यक्ष एवं नगर उपप्रमुख दुर्गादेवी भट्टराईको अध्यक्षता रहेको कार्यक्रममा नगरप्रमुख रण बहादुर राईको प्रमुख आथित्यता रहेको थियो भने १० नं वडाका अध्यक्ष पेमा उर्गेन लामा,वडा नं ३ का अध्यक्ष होम बहादुर कार्की,१२ नम्बर वडाका अध्यक्ष डोलेन्द्र भारद्धज,महिला बालबालिका तथा ज्येष्ठ नागरीक तथा अपाङ्गता साखाकी प्रमुख तारा शेर्पा, गणेश रसिक फाउन्डेसनका अध्यक्ष भुवन ढुङ्गाना,सूर्योदय सामाजीक प्रतिष्ठानका अध्यक्ष धनकुमार तामाङ्ग लगायतको आतिथ्यता रहेको थियो ।
नविन साहित्य प्रतिष्ठानका सदस्य उमानाथ गड्तौलाले स्वागत मन्तब्य राखेको कार्यक्रममा नगर शिक्षा साखाका प्रमुख योगनिधी भट्टराईले कविताको समिक्षात्मक टिप्पणी गरेका थिए । कविताको माध्ययमबाट मातृभाषाको संरक्षण र महत्व दर्शाउने प्रयास भएका छन् । समाजका विकृती र विसङ्गतीका विरुद्ध ससक्त आवाज उठाईएको छ । राजनितीक बेथिती र त्यसले समाजलाई पुर्याएको असर सम्बन्धमा ब्युङ्गात्मक कविता प्रस्तुत गरिएको थियो ।



कार्यक्रमका प्रमुख अतिथी राईले कार्यक्रमले समाजमा आफ्नो मातृभाषाप्रति गर्ब गर्ने वातावरण बनेको बताए । उन्ले अन्य देशको भाषाको नक्कल गर्दा नेपाली भाषा विकृत र अन्य मातृ भाषा लोप हुने अवस्थामा पुगेको बताएका छन् । नगरले भाषा संस्कृतिको संरक्षणमा सक्दो सहयोग गर्दै आएको पनी बताएका छन् ।
प्रथम बहुभाषिक कवि गोष्ठी आगामी बर्ष देखि कम्तीमा जिल्ला व्यापी बनाइने आयोजक समितिकी अध्यक्ष दुर्गा देवी भट्टराईले बताईन् । मातृभाषा तथा साहित्यको विकासलाई स्तरीकरण गर्ने स्थितिमा पु¥याउन सबै सचेत हुन उनले आग्रह गरिन् । कार्यक्रमको संचालन नविन साहित्य प्रतिष्ठानका अध्यक्ष सुवास राईले गरेका थिए ।