चिया क्षेत्रमा आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी तालिम सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०७८ चैत्र १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः चिया कारखाना र त्यसमा आवद्ध कृषक समूहरसहकारी संस्थाको फिल्ड लेभल कर्मचारीका लागि आन्तरिक नियन्त्रण प्रणाली तालिम सम्पन्न भएको छ । नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकास बोर्ड मार्फत नेपाली चियाको दिगो निर्यात अभिवृद्धि आयोजना अन्तर्गत समावेश भएको कार्यक्रम अन्तरगत फिक्कल र नेपालटारमा ४ दिने तालिम सम्पन्न भएको हो । फिक्कलमा २७ र नेपालटारमा ३० जना सहभागी उक्त तालिममा चिया बिस्तार आयोजना फिक्कल प्रमुख इन्द्र अधिकारी , बोर्डका मोनिरङ एण्ड रिर्पोटिङ अफिसर पंकज गिरी, बोर्डका लेखापाल बसन्तकुमार राज भण्डारी, सोनाम यल्मो र नेपालटारमा आरसी नेपालले सहजीकरण गर्नु भएको थियो ।

चियाको अर्गानिक प्रमाणीकरण, बजार ब्यवस्थापन र दिगो निर्यातका लागि पूर्व तयारीका रुपमा तालिम आयोजना गरिएको चिया बिस्तार आयोजना फिक्कलका प्रमुख इन्द्र अधिकारीले बताउनु भयो । समापन कार्यक्रममा अधिकारी सहित गोर्खा टि स्टेटका म्यानेजर बुद्धि बहादुर राई बोर्डका मोनिरङ एण्ड रिर्पोटिङ अफिसर गिरी सहभागी गणेश अर्याल , कमला राई , युवराज आचार्य लगायतले तालिको प्रभावकारिता बारे आफनो बिचार राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय