जिससले गर्यो इलामका पत्रकार भण्डारी सहित विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान

द्वारा प्रकाशित गरिएको हो |
२०७८ चैत्र १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः इलामका क्रियाशील पत्रकार भगीरथ भण्डारी सम्मानित भएका छन । जिल्ला समन्वय समिति इलामले आइतवार एक कार्यक्रममा भण्डारीलाई सम्मान गरेको हो । शारीरिक रुपमा अशक्त भएर पनि पत्रकारितामा क्रियाशील रहेको भन्दै जिससले सम्मान गरेको हो । पत्रकार भण्डारी सहित जिल्लाका विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्ति र संस्थालाई पनि सम्मान गरेको छ ।

संस्थागत तर्फ मानवअधिकार मञ्च इलाम र फाकफोकथुम गाउँपालिकाको जनकन्या आधारभूत विद्यालयलाई सम्मान गरिएको छ । त्यस्तै जिल्ला विकास समितिका पूर्व सभापति हरिप्रसाद खनाल र एल वि सुव्बालाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो ।
त्यस्तै साहित्य तर्फ गणेश रसिक, सहकारी आन्दोलनमा अग्रणी विष्णु दाहाल, जिल्ला समन्वय समिति इलामका सदस्य पूर्णबहादुर बस्नेत र रत्नबहादुर अधिकारी, दलित आन्दोलनका अगुवा छत्र बराईली, महिला राई आन्दोलनमा अग्रणी राममाया राई सामाजिक क्षेत्रमा योगदान गर्ने सुरेस लिम्बु र डा। भीम चौहान, स्वास्थ्यमा अहोरात्र खटेर सेवा गरेको भन्दै इलाम अस्पतालका टिका लुईंटेल र तारा थेवे रहेका छनु । सम्मानित व्यक्तित्वलाई प्रदेश नं १ का सांसद तथा पूर्वमन्त्री राम राना, जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल र इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले सम्मान गरेका थिए ।

सम्मानित पत्रकार भण्डारी नौं वर्षयता पत्रकारिता क्षेत्रमा सक्रिय छन । इलामबाट प्रकाशित सन्दकपुर दैनिकबाट पत्रकारिता थालेका भण्डारी हाल इलामपोष्ट दैनिकको प्रबन्ध सम्पादकको रुपमा रहेका छन । इलामबाट राजधानी दैनिक र जनता टेलिभिजनमा सक्रिय रहेका उनी प्रदेशबाट प्रकाशित कोशिपत्रमा पनि इलामबाट काम गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय