काँग्रेस परित्याग गरी ४१ जना एमालेमा प्रवेश

द्वारा प्रकाशित गरिएको हो |
२०७८ चैत्र १५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा,नेकपा एमाले प्रति जनताको भरोसा बढ्दै गइरहेको छ । अहिले देश व्यापी रुपमा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नेको लहर नै चलेको छ । यस्तै भएको छ झापाको मेचीनगर क्षेत्रमा पनि । हेमा रायको नेतृत्वमा नेपाली काँग्रेस पार्टी परित्याग गरी मेचीनगर ८ मा ४१ जना एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले मेचीनगर ८ को आयोजनामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई संविधान सभा सदस्य तथा एमाले केन्द्रिय सदस्य तथा झापा सहइन्चार्ज रविन कोइराला, मेचीनगर उपप्रमुख एवम् एमाले केन्द्रिय सदस्य मीना उप्रेती पोखरेल, प्रदेश सभा सांसद एवम् एमाले प्रदेश सदस्य श्रीप्रसाद मैनाली, जिल्ला सदस्य डिल्लिराम घिमिरे, मेचीनगर अध्यक्ष राजु पोखरेल, लालबहादुर थामीलगायतले खदा र अबिर पहिर्याएर स्वागत गरेको मेचीनगर सहइन्चार्ज सन्तोष मेचेले जानकारी दिए ।  नेकपा एमाले मेचीनगर ८ वडा कमिटि अध्यक्ष विष्णु भट्टराईको अध्यक्षतामा आयोजना भएको कार्यक्रमको सञ्चालन सचिव मिलन विश्वकर्माले गरेका थिए । हाम्रोखबरपाटीबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय