इलामःइलामको माइजोगमाई गाउँपालिका वडा नं १ स्थित प्रेमेजुङ्गमा स्थानियले समातेको चरिबाघ सव डिभिजन वन कार्यालय नयाँबजारलाई जिम्मा लगाइएको छ । सोमबार साँझ समातिएको उक्त चरीबाघ सोमबार राती नै सव डिभिजन वन कार्यालय नयाँबजारका कर्मचारीलाई जिम्मा लगाइएको पत्रकार नरेन इलामेलीले जानकारी दिईएका छन् ।
सोमबार साँझ करिब साँढे आठ बजेको समयमा स्थानिय बेद प्रसाद पौडेलको बाख्राको खोरमा देखिएको उक्त चरी बाघ सोही स्थान बस्ने बर्ष २८ का कृष्ण बहादुर थापाले पक्रिएको नरेनले जनाए । थापा भन्छन्,“छिमेकीको घरमा हल्लाखल्ला भयो। हामी पुग्दा एकदम आतिनु भएको थियो । हामी सबै मिलेर खेद्न लाग्यौँ, तीन चारवटाको समुह नै रहेछ, यो बाख्राको खोरमा थियो निकालेर खेदाउने क्रममा यसलाई समाउन सफल भइयो” । उक्त चरीबाघ सोमबार बेलुका करिब १२ बजेतिर सकुशल सब डिभिजन वन कार्यालय नयाँबजारका कर्मचारीको जिम्मा लगाइएको छ । इलामको माईजोगमा,सन्दकपुर लगायतका क्षेत्रमा बन्यजन्तुको आक्रमण मौलाउँदै गएको छ । यसअघिपनी थुप्रैका गाईवस्तु र बाख्रा मारेको भन्दै स्थानिय त्रसित छन् । समस्या समाधानमा स्थानिय सरकारको कुनै पहल नदेखिएको पिढित बताउँछन् ।





