योग्य, सक्षम र जनताको प्यारो व्यक्ति नै अबको एमाले उम्मेदवारः महेश बस्नेत

द्वारा प्रकाशित गरिएको हो |
२०७८ चैत्र १७, ,प्रकाशित
अनुमानित पढ्ने समय : 7 मिनेट

इलाम,महेश बस्नेत नेकपा एमाले इलामका अध्यक्ष हुन् । नवौ जिल्ला अधिवेशनबाट सचिव पदमा विजयी भएका बस्नेत १० औ अधिवेशनमा भारी मतका साथ जिल्ला अध्यक्ष चुनिए । जनता माझ लोकप्रिय छवि बनाएका बस्नेत वर्तमान इलाम नगर प्रमुख समेत हुन् । चुनावको मिति नजिकिँदै नेकपा एमालेले समेत चुनाव लक्षित गतिविधिलाई प्राथमिकता दिएर कार्यक्रमहरु अघि बढाइरहेको छ । यसै सन्र्दभमा आगामी बैशाख ३० गतेको स्थानीय तहको निर्वाचन र नगर प्रमुखको रुपमा ५ बर्षे उपलब्धीमा लक्षित रहेर बस्नेतसंग लोकल सन्देशका प्रधान सम्पादक सुजन तिमसिनाले गरेको कुराकानीको
सारसंक्षेप
आगामी स्थानीय तहको निर्वाचनको बारेमा नेकपा एमाले इलामको धारणा के छ?
हामी चुनावलाई महत्वक साथ अघि बढाउने प्रयत्नमा छौ । आवधिक निर्वाचन लोकतन्त्रको प्राण हो समयमा निर्वाचन भएन भने लोकतन्त्र जिवित रहन सक्दैन् भन्ने हामीले अनुभव गरेका छौ । मेरा व्यक्तिगत अनुभव के रहेको छ भने २०५४–५९ मा पनि इलाम नगरपालिकाको मेयर थिए । २०५९ असारमा हाम्रो म्याद समाप्त भयो । र हामीले हाम्रो उतराधिकारीहरुलाई हाम्रा ठाउँ जिम्मा लगाउन सकिएन्

नसकेको कारण आवधि निर्वाचन सम्पन्न भएन् १५ बर्षसम्म निर्वाचन नहुँदा नेपालको लोकतन्त्र खजमजियो र नागरिकका हक अधिकार, सुविधा निलम्वित अवस्थामा रहे । यस प्रकारका स्थिती नदोहोरियोस् भन्ने पक्षमा हामी छौ । निर्वाचन लोकतन्त्रको प्राण हो को व्यक्ती–पार्टीले जित्छ भन्ने दोश्रो दर्जाको कुरो हो लोकतन्त्रलाई सुदृढ गर्ने आम नागरिक प्रति उतरदायी बनाउने हो भने आवधिक निर्वाचन गनुपर्छ । यसका नेकपा एमाले आफ्नो पुर्ण शक्तिलाई केन्द्रित गरेर अघि बढिरहेको छ । हामी समयमा निर्वाचन हुनुपर्छ भन्ने मान्यताका साथ तयारी गरिरहेका छौ ।
इलामको हकमा ७ पालिकामा एमालेबाट बिजयी हुनुभएकोछ । २ पालिकामा समाजवादी तर्फ गएको छ । अहिले जति एमालेले जितेका तहमा घोषणापत्र
अनुसार जनता सेवाको पहुँच पुगेको नपुगेको बारेमा कसरी लिनुहुन्छ?
७ वटा पालिका भन्दा पनि बहुमत सहित नेतृत्व ७ वटा पालिकामा र बहुमत सहित उपप्रमुखको नेतृत्वमा २ पालिका र एउटा पालिका मात्र गुमाएको स्थिती हो विगतमा । २ जना साथीहरु उता लाग्नुभएको भन्ने आएको छ त्यसमाथि पनि सूर्योदय नगरपालिकामा हाम्रो बहुमत छैन् । माईजोगमाईमा अहिले पनि कार्यपालिकामा हाम्रो बहुमतको स्थिती छ । त्यसैले केही मान्छेहरु आन्दोलन छाडेर जाने निरन्तर प्रक्रिया पनि हो ।

यसले खासै असर गर्दैन् त्यसको भरपोषण हामी गर्नेछौ । पार्टीको घोषणापत्रको सवाल हामीले घोषणापत्रहरु हाम्रो भाषामा प्रतिवद्धतापत्रहरु तयार गर्दा खेरी गरिएका बाचा कबुलहरु धेरै हदसम्म पुरा गरिएको छ । समय सन्दर्भ र विचको असमान्य परिस्थितीबाट सोचे जति काम हुन् सकेन् । याद छ ३ बर्ष भन्दा बढि समय कोभिडसंग जुध्दा जुध्दै र त्यसलाई आम नागरिकहरुलाई बचाउने हाम्रो श्रोतसाधनहरु विकास भन्दा पनि राहत पुर्नस्थापना लगाउनुपर्ने कारणले पनि धेरै प्रभावित भएको छ ।

नयाँ व्यवस्था हो स्थानीय निकाय थियो तह थिएन् । र हामी संवैधानिक सरकारहरु विगतमा थिएन् यस पटक पहिलो पटक संवैधानिक सरकारको रुपमा स्थापित भएको कारण हामीले गर्नुपर्ने कामहरु अनुभव र श्रोतसाधनको कमीका कारणले पनि हुन सकेन् । हामी भन्दा जान्ने नभएको र आफैले सिकेर गर्नुपर्ने स्थिति भएको कारण कतिपयमा कमजोरी भएको हुन सक्छ ।

अन्य पालिकाको अवस्थामा हेर्ने हो भने राज्यले अहिलेसम्म टुङ्ग्याउन नसकेका जटिल बिषयबस्तुहरु पनि हाम्रा कामहरु प्रभावित भएका छन् । जस्तो कर्मचारी समायोजनको कुरो टुङ्गियो भनियो तर धेरै पालिकाहरुमा दुर्गम पालिकामा जनशक्ति पु¥याउन सकेको छैन् । प्रदेश सरकार मार्फत जनशक्ति पु¥याउने संवैधानिक व्यवस्था छ ।

तर प्रदेश सरकारको गठनपछि पनि लोकसेवा आयोग गठन हुन नसक्ने । लोक सेवा आयोगले जाँच लिएर कर्मचारी पठाउन नसक्ने छ । जनशक्ति नभएका कारण पनि कामहरु नभएको स्थिती छ । हामीले अहिले मुल्यांकन गर्दा वस्तुगत विश्लेषण गर्दा अहिलेको परिस्थिती सन्तोषजनक रहेको म जानकारी गराउन चाहन्छु ।

निर्वाचनको कार्यतालिक सार्वजनिक भइसकेपछि नेकपा एमालेले कस्ता मान्छेहरुलाई प्राथमिकता दिन्छ?
केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ त्यसले केही मापदण्डहरु निर्धारण गरेको छ भन्ने हामीलाई अनौपचारिक जानकारी प्राप्त भएको छ । त्यस सन्दर्भमा पार्टीले निर्धारण गरेको मापदण्डहरु जो योग्य, सक्षम, सक्रिय र पार्टी प्रति प्रतिवद्ध हुनुहुन्छ र जित्नका लागि प्रतिवद्ध हुनुहुन्छ जनताको प्यारो हुनुहुन्छ । उहाँहरु नै पार्टीको उम्मेदवार चयन हुने स्थिती छ ।

अब पार्टीले उम्मेदवार छनौट गर्दै गर्दा माथि गठबन्धन नगर्ने भन्नेछ यहाँ पालिकामा गठबन्धनको कुरा के छ?
त्यस बिषयमा केन्द्रिय कमिटीले अधिकार दियो भने सोच्न सक्छौ । हैन भने अहिले एकल ढंगले अघि जाने स्थिती छ ।

एकल ढंगले हिड्दा पार्टी विभाजनले कतिको असर पार्छ भन्ने आंकलन गर्नुभएको छ?
फुटेको भन्दा पनि साथीहरु पलायन हुनुभएको छ यसले खासै असर पार्दैन् । एकाध वार्डहरुमा यसको असर देखिन्छ । समग्र आन्दोलन कोहि बेला अलि ठुलो हुन्छ कोहि बेला सानो पनि हुन सक्छ । यसलाई हामीले ठुलो रुपमा लिएका छैनौ ।

अबको चुनावमा जाँदा एमालेको पोजिसन कस्तो हुन्छ भन्ने आंकलन गर्नुभएको छ?
सशक्त स्थिती स्थापित गर्छौ भन्ने हाम्रो छ ।

अहिले पार्टी अध्यक्ष भएको हिसाबले जनप्रतिनिधि र कार्यकर्ताहरु कसरी परिचालन गर्ने भन्ने छ?
अब पार्टीले रणनिति बनाउँदै त्यसै अनुरुप सबै जनप्रतिनिधि, पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक, समर्थकसम्मलाई हामील परिचालन गर्छौ ।

पार्टीको अध्यक्षसंगै इलाम नगर प्रमुख समेत हुनुहुन्छ । आफ्नो कार्यकाललाई आफै मुल्यांकन गर्दा कसरी सम्झनुहुन्छ?
स्मरणयोग्य समयको रुपमा सम्झन्छु ।

नगर प्रमुखको रुपमा तपाईको कार्यकाल ५ बर्षका अवधिमा गरिएका कामहरु के के महत्वपुर्ण मान्नुहुन्छ?
त्यसलाई के हेनुपर्छ भने संविधानले पहिलो पटक स्थानीय सरकारको रुपमा स्थानीय पालिकाहरुलाई स्थापना गरेको छ । स्थानीय पालिकालाई सरकारको रुपमा संचालन गर्न संरचनागत कुराहरु भौतिक कुराहरु संविधानले प्रदत गरेका कुराहरु साझा अधिकारका १५ र एकल अधिकारका २२ अधिकारहरु कार्यान्वयन गर्न प्राप्त गरेका उल्लेख्यनिय सफलतालाई हामीले स्मरण गर्ने र स्थानीय सरकारको जगको रुपमा राखेका हुनाले स्मरण योग्य भन्छौ ।

यो अवधिमा २१५ भन्द बढि ऐन, नियम, कानुन, नियमावली, कार्यविधि बनायौ त्यस अन्र्तगतका संस्थाहरु गठन गरियो । संरचनागत हिसावले जनशक्तिहरुको आपुर्तिलाई व्यवस्थापन गरियो संगठनात्मक संरचनाहरु बनाइयो यो महत्वपुर्ण काम हो । अहिले तत्काल नै सबै उपलब्धीहरु बाहिरबाट देखिदैन् तर यो बेगर यसको आधार तयार हुँदैन र अघि बढ्न सक्दैन ।

संविधानिक कानुन र व्यवस्थालाई स्थापित गर्ने कुराहरुमा महत्वपुर्ण उपलब्धी हो । भौतिक श्रोतसाधनहरु र भौतिक निर्माणका क्रममा उल्लेख्य कामहरु भएका छन् । त्यसपछि सामाजिक क्षेत्रमा भएका कामहरु स्मरणयोग्य कामको रुपमा लिएका छौ ।

५ बर्षे प्रगतीलाई सम्झिदा इलाम नगरपालिकाले के के काम गरेको छ?
नगरपालिकाले धेरै महत्वपुर्ण कार्यहरु भौतिक निर्माणको क्षेत्रमा गरेको छ । भवनकै सन्र्दभमा हेर्ने हो भने हिजो हामी यो भवन थिएन् यो प्रशासनिक भवन समेत नभएर भाडा बसेको नगरपालिकामा व्यवस्थित आधुनिक भवनको निर्माण गरेका छौ । १२ वटै वडामा भवन निर्माण गरिएको छ । स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको छ । विद्यालय भवनहरु बनाइएको छ ।

विभिन्न सामुदायिक भबनहरु बनाइएको छ । कभर्डहल जस्ता धेरै महत्वपुर्ण काम गरिएको छ । पशु बिक्रीको भवन तयार गरिएको छ । व्यवसायीक भवनहरु निर्माण भएका छन् । ती संरचनाहरु भवनको क्षेत्रमा छन् ।
त्यसबाहेक यातायातका क्षेत्रमा सडक, बाटाघाटा, पुलपुलेसा लगायतका धेरै कामहरु सम्पन्न गरेका छौ । व्यवस्थित विकास भनेर हामीले आधारहरु तयार गरेका छौ । अहिले पनि यो क्रमलाई टुङ्गाउने र भोलीका दिनमा नगरपालिकालाई कता लग्ने भन्ने कुराहरुमा सोच र दृष्टिकोणलाई एकिकृत गरेका छौ । यहि सन्दर्भमा आवधिक योजना निर्माणको चरण अन्तिमा प्रवेश गरेको ।

यो नगरलाई पर्यटकीय नगरको रुपमा विकास गर्ने भनेर त्यसलाई सुस्पष्ट दृष्टिकोण दिने काम गरेका छौ । हामीले हरेक गतिविधिहरु पर्यटकीय नगरको रुपमा विकास गर्नका निम्ति केन्द्रित गरेर प्रयत्नहरु अघि बढ्नेछन् ।

पर्यटकीय नगरी बनाउनका लागि संरचनाहरु के के बनिएका छन्?
धेरै संरचनाहरु बनिएका छन् । र निरन्तर रुपमा अघि बढिरहेकै छ र आवश्कय अरु बन्ने छन् । यहाँलाई जानकारी छ पर्यटकीय नगर बनाउनका लागि यातायातको सुविधा, पर्यटकीय स्थल गन्तव्यहरुको निर्माणका कामहरु अघि सारेका छौ । त्यस्तै जानकारी गराउँ सन्दकपुर गाउँपालिकासँग एउटा सम्झौता गरेका छौ माईपोखरी सिमसार क्षेत्रलाई समेत पर्यटकीय गन्तव्यको रुपमा अघि बढाउनका निम्ति सम्झौता भएको छ, र त्यसको डिपिआर तयार भएको छ ।

त्यो कार्यान्वयको चरणमा जाँदा एउटा महत्वपुर्ण पर्यटकीय गन्तव्य बन्छ । त्यसैगरी पाटेनागी क्षेत्रलाई इलामको र इलाम नगरपालिकाको विशिष्ट पर्यटकीय क्षेत्रको रुपमा विकास गरेका छौ । त्यसको अतिरिक्त दिदिबहिनी झर्ना, शिवालय मन्दिर, तीनतले झर्ना अथवा असले झर्ना, मुर्तिडाँडा, सन्दकपुर, सिद्धिथुम्काका क्षेत्रहरु इलामको चियाबारी, सेतीदेवीको क्षेत्र, भालुढुङ्गाका क्षेत्रहरु त्यसदेखी बाहेक सेतीदेवीमा पुलको निर्माण भइरहेको छ ।

करिब ३६८ मिटर लामो पुल बन्दैछ र अहिले बन्जीजम्पका लागि समेत उपयुक्त बन्नेछ । करिब २ सय मिटर अग्लो पुल बन्दैछ । यसरी पुर्वाधारहरुको निर्माण भइरहेको छ । हामीले पार्कहरुको निर्माण गरेका छौ । विभिन्न साना मसिना पार्कहरु इलाममा धेरै बनिएका छन् । इलामका सहर सौन्दरीकरणका लागि मुर्तिहरु निर्माण गर्ने, चोकहरु राख्ने काम गरेको छ । सहरको पर्यटकीय व्यवस्थालाई राम्रो बनाउनका निम्ति बहुतले पार्किङहरुको व्यवस्था गरिएको छ । यी कामहरु पर्यटकीय दृष्टिले अत्यन्त महत्वपुर्ण छन् ।

ऐतिहासिक महत्व बोकेको इलाम चिया बगान फिर्ता लिने निर्णय गरिएको थियो नी?
इलाम चिया बगान हाम्रो गौरव पनि हो र पहिचान पनि । यो पहिचानलाई विगतका सरकारहरुले निजिकरणका नाममा एउटा व्यपारीलाई दिएपछि यो हाम्रो पहिचान र गौरव समाप्त भएको छ । हामीले निर्वाचित भएर आउने वितिक्कै इलाम नगरपालिकालाई हस्तान्तरण गरियोस् यसलाई हामी रिसर्च सेन्टरको रुपमा विकास गर्छौ, यो कारखाना संग्राहलयको रुपमा गौरवको रुपमा संचालन गछौ भनेर हामीले निरन्तर रुपमा ५ बर्षसम्म भएका नगरसभाबाट विशेष प्रस्तावको रुपमा पास गरेर सरकार समक्ष माग गरेका छौ ।

तर यो सुनवाई हुन सकेन् । दुःखद कुरो चिया बगान हाम्रो इतिहास, पौरख र गौरवको रुपमा रहेको चिया बगान उजाड बनिरहेको छ । यस तर्फ संघीय सरकारले अझै पनि उदासिन्ता देखाइ रहेको छ यो हाम्रो निम्ति दुःखद कुरो हो ।

यसलाई विश्व सम्पदाको रुपमा सुचिकृत गर्ने भन्ने पनि सुनिएको थियो नी?
विश्व सम्पदा सुचीमा राख्न युनेस्कोको आफ्नै विधि प्रक्रियाहरु छन् यस सन्दर्भमा प्रक्रिया अघि बढाएका छौ । यहाँका के के कुराहरु विश्व सम्पदा सुचीमा सुचिकृत हुन सक्छन् युनेस्कोको नियम अनुसार अगाडी बढ्नेछ ।

स्वास्थ्यको क्षेत्रमा के के कामहरु भएका छन्?
स्वास्थ्यमा हामीले केही कामहरु गरेका छौ । हाम्रोमा हिजो ७ वटा मात्र स्वास्थ्य चौकी भएको ठाउँमा आधारभुत स्वास्थ्य चौकीहरु १६ वटा निर्माण गरेका छौ । यो संचालन भइरहेको छ । १२ वटा वार्डमा १६ वटा स्वास्थ्य चौकी पु¥याइएको छ । त्यसको अतिरिक्त विशेषज्ञ सेवाहरु अघि बढाउन इलाम अस्पतालमा डायलोसिस सेवा संचालनका निम्ति बजेट विनियोजना गरेका छौ, मेसिन खरिद गरिदिएका छौ, जनशक्ती दिएका छौ ।

इलामका विशेषज्ञ डाक्टरहरुलाई इलाममा आकर्षण गर्न सुविधा थप गर्न मासिक रुपमा विशेषज्ञ डाक्टरहरुलाई १५ हजार र अन्य डाक्टरलाई ५ हजार रुपैया सहुलियत उपलब्ध गराइएको छ । त्यहाँ कर्मचारीहरुको व्यवस्थापन गरेका छौ । लाश जाँच गर्ने पोष्टमार्टम क्षेत्र घरलाई अन्यत्र सारेर ममर्त सम्भार गरेका छौ । त्यसमा २ वटा लाश राख्ने मर्चरी फ्रिज खरिद गरेर उपलब्ध गराएका छौ । इलाम नगरपालिकाले ४ वटा विशेषज्ञ सेवा सहितको क्याम्पहरु स्वास्थ्य शिविर संचालन गरेर हजारौ नागरिकहरुलाई निः शुल्क औषधि उपचारको व्यवस्था गरेको छ ।

त्यसको अतिरिक्त कडा रोग लागेकहरुलाई सरकारले १ लाख रुपैया स्वास्थ्यमा छुट दिने गरेको छ । त्यो छुट पाउने नगर क्षेत्रका व्यक्तिहरुलाई बाटो खर्च बापत १० हजार रुपैया दिने व्यवस्था मिलाइएको छ । त्यस्तै दलितहरुलाई स्वास्थ्य बीमा गरिदिनका लागि हामीले दलितको जेष्ठ नागरिक जसले राज्यबाट दलित स्वास्थ्य बीमा पाउनुहुन्न उहाँको बीमा गरिदिने व्यवस्था मिलाएको छ ।

महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई मासिक १ हजार रुपैया सुविधा दिन्छौ भने उहाँहरुको स्वास्थ्य बीमाको खर्च नेपाल सरकारले आधा दिन्छ बाँकी रहेको हामीले उपलब्ध गराएका छौ । सुत्केरी महिलाहरुलाई सुविधा दिएका छौ । इलाम अस्पतालमा सुत्केरी हुन आउने महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएकोछ ।

सो सेवा लिन नसक्नेहरुलाई १ हजार रुपैया यातायात खर्च उपलब्ध गराउने व्यवस्था गरिएको छ । आँखा अस्पताल स्थापना गरेर विशेषज्ञ सेवा त्यहाँबाट उपलब्ध गराइरहेका छौ । र चाडै त्यहाँ शल्यक्रिया गर्ने व्यवस्था हामीले गराएका छौ । यसका लागि उपकरण खरिदको प्रक्रिया अघि बढेको छ ।

अब चाडै यो सेवा पनि उपलब्ध हून्छ । एकिकृत रुपमा नेपालको संविधानले आधारभुत स्वास्थ्य सेवामा मात्र जिम्मेवार बनाएकाले हामीले बिशेषज्ञ सेवाहरुलाई समेत कर्तव्य ठानेर सम्पादन गराएका छौ ।

प्रविधिमैत्री नगर बनाउने योजनाका कामहरु कसरी भइरहेका छन्?
हामीले धेरै सेवा अनलाइन उपलब्ध गराइरहेका छौ । हाम्रो प्रविधिमैत्री छ । हाम्राबाट खानेपानीका बिलहरु अनलाइन माफर्त तिर्न सक्ने व्यवस्था गरिएको छ । मिटर रिडिङलाई अनलाइनबाट लग्न प्रयत्न गरिएको छ । लगायतका सुविधाहरु र सिफारिस रुपमा एकिकृत रुपमा यहिबाट सम्पादन गर्न सक्ने अवस्थामा छौ । र प्रविधिमैत्री ढंगबाट यो कामहरुलाई अघि बढाउने प्रयत्न गरियो । स्थानियसन्देशबाट साभार

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय