एमालेको घरदैलो कार्यक्रम सूर्योदय १ माः मकर्जुङ्ग टोल कमिटि गठन

द्वारा प्रकाशित गरिएको हो |
२०७८ चैत्र १७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलःनेकपा एमालेले घरदैलो कार्यक्रम गरेको छ । सूर्योदय नगरपालिका वडा नं १ मा मकर्जुङ्ग टोल कमिटि गठन गर्दै वडाका विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रम गरिएको वडाकमिटि अध्यक्ष तेजकु्मार पाण्डे (अमृत) ले जानकारी दिईएका छन् ।

प्रदेश नं १ का सांसद काजिमान कागते,सूर्योदय नगर कमिटि अध्यक्ष दुर्गादेवी भट्टराई,जिल्ला कमिटि सदस्य कृष्ण प्रसाद सुवेदी, नगर कमिटि संगठन विभाग प्रमुख होम बहादुर कार्की,जिल्ला सल्लाहकार परिषद सदस्य डम्बर कुमार उदास, बुद्धिजिवी परिषद नगर अध्यक्ष देउकुमार दाहाल, नगर कमिटि सचिवालय सदस्य मनकुमार लिम्बु, नगर कमिटि सदस्य गंगा लिम्बु लगायतको आतिथ्यतामा कार्यक्रम गरिएको अध्यक्ष पाण्डेले बताए ।

प्रदेश सांसद कागतेले नेकपा एमाले मुलुकको पहिलो पार्टी भएकाले अबको निर्वाचनमा जित सुनिश्चित रहेको दावी गरे । कार्यकर्तालाई विचलीत नहुन आग्रह गर्दै झुटा आश्वासनको पछि नलाग्न पनी अपिल गरेका छन् । एमालेको विजय सूर्योदयमा पक्का रहेको दाबी गर्दै गठबन्धन नै गरेपनी फरक नपर्ने आशय ब्यक्त गरे ।

नगर कमिटि अध्यक्ष भट्टराईले नेकपा एमालेप्रती जनविश्वास बढेको बताएकी छन् । सूर्योदय १ मा घरदैलो कार्यक्रम पछि उन्ले भनिन्,‘कम्युनिष्ट विचारधारा र सूर्य चिन्हप्रति जनमानसको प्रेम कायम छ । पार्टीप्रतिको माया मर्न नदिने गरि काम गर्छौ ।’ आफुहरु फुटाउने नभई जुटाउने पक्षमा रहेकाले सूर्योदयमा एमालेको विकल्प नभएको समेत उनले दाबी गरेकी छन् ।

कार्यक्रमको अवसरमा ३१ सदसिय मकर्जुङ्ग टोल कमिटि गरिएको छ । गणेश राईको अध्यक्षतामा गठित कमिटि उपाध्यक्षमा श्याम बहादुर निरौला,सचिव गंगा प्रसाद पोख्रेल,सह सचिव बासुदेव खतिवडा लगायत रहेका छन् । नवगठित कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराईएको अध्यक्ष पान्डेले जानकारी दिईएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय