
नयाँबजारः २०७८ बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्नेबारे नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच चुनावी वार्ता भएको छ । नेकपा माओवादी केन्द्र र एमाले बिच माइजोगमाइ गाउँपालिका भित्र चुनावी तालमेल गर्ने बारे छलफल भएको हो ।
बिहिबारी भएको छलफलमा नेकपा माओवादी केन्द्रका माइजोगमाइ अध्यक्ष कुविरमान राईको नेतृत्वको वार्ता टोली र नेकपा एमालेका माइजोगमाइ गाउँपालिका अध्यक्ष खगेन्द्र घिमिरे सहितको टोलीसँग वार्ता भएको छ ।



वार्तामा नेकपा माओवादी केन्द्रले माइजोगमाइ गाउँपालिकामा चुनावी तालमेल हुँदा माओवादीले पालिका उपाध्यक्ष, २ वडामा अध्यक्ष र सबै वडामा प्रतिनिधित्व हुने गरि वडा सदस्य पाउनुपर्ने प्रस्ताव गरेको छ । माओवादीको प्रस्तावमा एमालेको नेतृत्व सकारात्मक रहेपनि आ–आफ्नो पार्टीमा छलफल गरेर पुनः बस्ने निर्णय भएको वार्तामा सहभागि माओवादी केन्द्रका एक नेताले बताए ।