राष्ट्रिय जनसाँस्कृतिक महासंघको केन्द्रीय सदस्यमा इलामका रगुन गुरुङ

द्वारा प्रकाशित गरिएको हो |
२०७८ चैत्र २५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामःराष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालको आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा इलामका रगुन गुरुङ चयन भएका छन् । जिल्ला इन्चार्ज समेत रहेका गुरुङ केन्द्रीय सदस्यमा छनौटमा परेका हुन् । अध्यक्षमा प्रेमनाथ अधिकारी सर्बसम्मत चयन भएका छन ।

गत आइतबार नयाँ बानेश्वरमा भएको आठौ राष्ट्रिय महाधिवेशले अधिकारीको नेतृत्वमा १५१ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा भूमिका सुब्बा र आर सी न्यौपाने, महासचिवमा लालकाजी लामा चयन भएका छन् ।

उप – महासचिवमा अशोक कुमार राइ र मन कुमार श्रेष्ठ, त्यस्तै सचिवमा नारायण भाइ श्रेष्ठ , कृष्णगोपाल तामाङ , बिन्दा मैनाली, राममणी ढुंगेल र बिजय यावद चयन भएका छन् । कोषाध्यक्षमा सिन्धु जलेसा चयन भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय