
फिक्कलःजिल्ला खेलकुद विकास समिति इलामको अध्यक्षमा खगेन्द्र बाँस्तोलालाई मनोनयन गरिएको छ । प्रदेश खेलकुद विकास बोर्ड,प्रदेश १ को चैत्र २४ गतेको निर्णयानुसार इलाम सूर्योदय नगरपालिका वडा नं १० घर भएका बाँस्तोलालाई जिल्ला अध्यक्षमा मनोनयन गरिएको सदस्य सचिव हंसराज वाग्लेद्धारा हस्ताक्षरित पत्रमा उल्लेख छ । उनलाई प्रदेश खेलकुद ऐन,२०७६ को दफा १६ को उपदफा २ को खण्ड (क) बमोजिम मनोनयन गरिएको वाग्लेको भनाई छ । बाँस्तोला खेलकुदको क्षेत्रमा सकृय युवा हुन् । यस अघि उन्ले विभिन्न तहमा रहेर जिल्लाको खेलकुद क्षेत्रको विस्तारका लागी गरेको प्रयासलाई मुल्याङ्कन गर्दै अध्यक्षको जिम्मेवारी दिईएको हो । आफ्नो कार्यकालमा जिल्लाको समग्र खेलकुदको विकास र विस्तारमा समय खर्चिन प्रदेश खेलकुद समितिले उनलाई आग्रह गरेको छ ।


