
फिक्कलः नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको केन्द्रीय कार्यसमितिको सदस्य पदमा इलामका सुजन नेपाल पुनः निर्वाचित भएका छन् । सूर्योदय नगरपालिकाका सुजन नेपाल सहित केन्द्रीय सदस्यमा इलाम चुलाचुलीका लिला राई र इलाम नगरपालिकाकी दिब्या भट्टराई समेत निर्बाचित भएका छन् । एमालेनिकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशनबाट नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा झापा निर्वाचन क्षेत्र न ४ का सांसद एलपी साँवा अध्यक्षमा सर्वसम्मत चयन भए। महासंघको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी पनि सर्वसम्मत चयन भएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ नेकपा ९एमाले० को जनवर्गिय संगठन हो ।


