फिक्कलमा सम्पन्न माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्जमा बर्दियाका बसन्त थारु प्रथम

द्वारा प्रकाशित गरिएको हो |
२०७८ चैत्र ३०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः नयाँ बर्ष २०७९ को अवसरमा इलामको फिक्कलमा आयोजित पहिलो माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्जमा बर्दियायाका बसन्त थारु प्रथक बन्नु भयो । ३० बर्ष देखि ५४ बर्ष सम्मका राईर्डसको सहभागीता रहेको प्रतियोगितामा ३२ मिनेट १० सेकेण्डमा ११ किलोमिटर दुरी पार गर्दै थारु प्रथक बन्नु भएको हो । बुधबार फिक्कल बजारबाट शुरु भएर केराबारी, आरुबोटे , बरबोटे हुँदै फिक्कल चोक सम्मको ११ किलोमिटर दुरीको प्रतियोगितामा सुनसरीका बहादुर थापा दोस्रो बन्नु भयो । उहाले ३७ मिनेट २७ सेकेण्डमा उक्त दुरी पार गर्नु भयो । ३८ मिनेट ५४ सेकेण्डमा उक्त दुरी पार गर्दै झापाका आकाश श्रेष्ठ तेस्रो बन्नु भयो ।
प्रतियोगितामा प्रथम हुनु भएका थारुले चियाबारीको न्यानो आतिथ्यततामा साइक्लिङ गर्न पाउदा नयाँ अनभव भएको बताउनु भयो । प्रथम , दोस्रो र तेस्रो हुँनेलाई क्रमशः२०, १५ र १० हजार रुपियाँ नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई र वडा नम्बर १० का वडाध्यक्ष पेमा उगेन लामा , नोपली काग्रेस सूर्योदय नगर उपसभापती निर्मला कट्टेल अग्रवाल , इलाम एम।टीबि राइडर्सका सल्लाहकार युवराज बस्नेत लगायतको सहभागीता रहेको थियो । आयोजक इलाम एम।टीबि राइडर्सका अध्यक्ष शरण फागोले पर्यटन प्रवर्धन गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय