प्रेस चौतारीले शुरु गर्यो इलामको माईमा आधारभूत पत्रकारिता तालिम

द्वारा प्रकाशित गरिएको हो |
२०७९ बैशाख ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विमल दहाल, माईः इलामको माईमा आधारभूत पत्रकारिता तालिम शुक्रबारवाट शुरु भएको छ । प्रेस चौतारी नेपाल इलामको आयोजना र माई नगरपालिकाको सहयोगमा ३ दिने आधारभूत पत्रकारिता तालिम शुरु भएको हो ।

तालिम उद्घाटन सत्रमा माईका मेयर दीपक कुमार थेवेले पत्रकारिता पेशा सम्मानित र चुनौति पुर्ण पेशा भएकाले तालिमले पेशा प्रति दक्ष वनउन सफल हुने अपेक्षा गर्नुभयो ।

विशेष अतिथि माईका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले पत्रकार क्षमता विकासका लागि नगरले निरन्तर सहयोग गर्ने धारणा राख्दै सहि समचार प्रकाशन नभए सामाजिक विकृति र व्याक्तिको जीवनमानै पिडा पुग्न सक्ने औल्याउनु भएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी दानाबारी उपशाखा सभापति मित्र प्रसाद गौतम, प्रेस युनियनका केन्द्रीय पार्षद हरि असिम, प्रेस सेन्टर इलामका तेजबहादुर घिमिरे लगायतले तालिम सफलताको शुभकामना दिनुभएको थियोे ।

माईका २० महिला सहित २६ जनाको सहभागीता रहेको तालिमलाई पत्रकार भीम चापागाईं, सटेन्द्र जवेगू, विमल दाहाल, विनोद पाण्डे, भगिरथ भण्डारी लगायतले सहजीकरण गर्ने वताईएको छ । चौतारी जिल्ला अध्यक्ष भीम चापागाईंको अध्यक्षता, कोषाध्यक्ष भगिरथ भण्डारीको सञ्चालन र सदस्य बुद्धराज लिम्बूको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय