सूर्योदय र माईजेगमाईमा चुनावी प्रतिस्पर्धा रोचकः सहकर्मीसँग प्रतिस्पर्धा, प्रतिस्पर्धीसँग सहकार्य

द्वारा प्रकाशित गरिएको हो |
२०७९ बैशाख १५,
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

इलामःगएको स्थानीय तहमा सूर्योदय नगरपालिकाका हालका उम्मेदवार आरवी राईका चुनावी सहकर्मी थिए, काजीमान कागते। नेकपा एमालेबाट सोही समय उम्मेदवारी दिएका राई र कागते एउटै पार्टीमा थिए। पार्टी मात्र होइन दुई दुवै झलनाथ खनाल निकट थिए। अहिले सबै समिकरण परिवर्तन भएको छ। आरवी अहिले नेकपा एसबाट मेयरमा उम्मेदवारी दिएका छन् भने कागतेले एमालेबाट उठेका छन्। अचम्मको कुरा चाहिँ गएको चुनावमा प्रतिस्पर्धी पार्टीबाट मैदानमा उत्रिन लागेका व्यक्ति सहकार्य भएको छ। त्यसबेला कांग्रेसबाट मेयरको आकांक्षी थिए, कांग्रेसक दुर्गा बराल। अहिले बराल सूर्योदयमा उपमेयरका उम्मेदवार छन्। वर्तमान सत्ता गठबन्धनबाट बराल उपमेयरमा उत्रिएका हु्न। यता गठबन्धनबाट आरवी राई मेयरका उम्मेदवार हुन्। उनका प्रतिस्पर्धी चाहिँ यस पटक काजीमान कागतेसँग हुँदैछ। यता उपमेयरमा पनि सिनारियो यस्तै छ। गठबन्धनबाट बराल मैदानमा उत्रिँदा वर्तमान उपमेयर दुर्गा भट्टराई नै दोहोर्याउँदै छन्। एमालेको पार्टी विभाजन र पाँच दलको गठबन्धनका कारण यहाँको चुनाव रोचक बन्न पुगेको हो।

यस्तै माईजोगमाई गाउँपालिकामा पनि यस्तै सिनारियो देखा परेको छ। पालिका अध्यक्ष नेकपा एसबाट उम्मेदवार बनेका छन् भने उनको पुरानो पार्टी एमालेबाट कुशबहादुर थेवे उनीसँग प्रतिस्पर्धामा उत्रिएका छन्। पूर्वप्रधानमन्त्री खनालसँग निकट राई एसतर्फ लाग्दा थेवे एमालेको तर्फबाट मैदानमा उत्रिएका हुन्। यी बाहेक धेरै क्षेत्रमा अहिले यस्तै प्रतिस्पर्धा चल्दैछ इलाममा।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवास नेम्वा विभाजित बन्दा पनि एमाले नेताबीच प्रतिस्पर्धा हुन पुगेको हो। ‘मलाई जनताले उठाएको हो। जनताको मागले गर्दा उम्मेदवारी दिन पुगे।’ ‘एमालेका मेयरका उम्मेदवार काजीमान कागतेले भने,‘ जनताभन्दा माथि कोही छैन। त्यसैले मैदानमा उत्रिए।’ कागतेले प्रदेश १ का कांग्रेसका दुर्गा बराललाई हराएका थिए। अहिले पनि बराल र कागते दुई धारमै छन्। यता, गठबन्धनबाट मेयरका दाबेदार राईको पनि भनाइ उस्तै छ। ‘जनताकै मागले गर्दा पुनः दोहोरिन चाहे।’ जिल्लाका दश पालिकामा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने छ। यी इलामका लागि चिरपरिचित प्रतिस्पर्धी दल पनि हुन्।

जिल्लाको चार नगरपालिकामा प्रमुख पदमा २५ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । छ गाउँपालिकामा अध्यक्ष पदका लागि ३४ जनाको उम्मेद्वारी परेको पालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छ ।
माई नगरपालिकामा ९ जनाले प्रमुख पदका लागि उम्मेद्वार, इलाम नगरपालिकामा ६ जना, सूर्योदय नगरपालिका र देउमाई नगरपालिकामा समान पाँच९पाँच जनाको प्रमुख पदका लागि उम्मेद्वारी परेको छ ।छ गाउँपालिकाको चुलाचुलीमा अध्यक्ष पदका लागि ९ जना, रोङ र सन्दकपुर गाउँपालिकामा छ९छ जनाको उम्मेदवारी परेको छ।
फाकफोकथुम गाउँपालिका अध्यक्ष पदमा पाँच जना र माईजोगमाई र माङ्सेबुङ गाउँपालिकामा समान चार९चार जनाले उम्मेद्वारी दिएको बताइएको छ।
इलामआवाज 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय