झलनाथले एमालेलाई धुलो चटाउने भनेदखि मलाई हाछ्युँ शुरु भएको छः नेम्वाङ्ग

द्वारा प्रकाशित गरिएको हो |
२०७९ बैशाख २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष सुबास नेम्वाङ्गले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल प्रति कटाक्ष गरेका छन् । इलामको फाकफोकथुम गाउँपालिकामा आयोजित एमालेको चुनावी जनसभालाई सम्बोधन गर्दै नेम्वाङ्गले नाम बिर्सिए पनि हिजो अस्तिसम्म आफ्नै नेता भएजस्तो लाग्ने मान्छे अहिले कता पुग्नुभयो थाहा छैन भन्दै खनालप्रति ब्यङ्ग गरेका हुन् । केही समय अगाडि खनालले चुनावमा केपि ओलिको बाकस खालि गराउनुपर्ने र नेकपा एमालेलाई धुलो चटाउने अभिब्यक्ति दिईएका थिए । उक्त भनाई स्मरण गराउँदै नेम्वाङ्गले भने, “मलाई धुलो संग एलर्जि छ । उहाँको उक्त अभिब्यक्ति आएदेखि हाछ्युँ शुरु भएको छ ।”

फरक प्रशंगमा उनले गठबन्धनको नाममा महिला माथि अन्याय भएको बताए । आफुहरुले निती, नियम र कानुन निर्माणमा महिलाको सम्मानजनक सहभागिता गराए पनि गठबन्धनको नाममा अहिले महिला माथि विभेध गरिएको उनको आरोप छ । यसको जवाफ महिला दिदीबहिनी सहित आम जनताले बैशाख ३० गते दिनुपर्ने उनले बताएका छन् । नेकपा एमाले पुर्व मेचि देखी पश्चिम महाकाली सम्म एक्लै चुनावी मैदानमा उत्रिएको बताउँदै उनले जित आफुहरुकै भएको बताए ।
त्यसैगरि केपी ओलि मात्र बास्तविक राष्ट्रवादी भएको उनले जिकिर गरेका छन् । भारतिय पत्रकारले भारतको भाई नेपाल भनि लिईएको अन्तर्वातामा ओलिले प्रतिवाद गरेको र भारत संग नेपालको समान हैसियत सुझाएर पठाएको स्मरण गराएका छन् । सिमा अतिक्रमणको विषयमा केपी ओलिले लिईएको अडान र गरेको काम हरेक नेपालीले जिवन पर्यान्त नभुल्ने उनले बताएका छन् । ओलि प्रधानमन्त्रि हुँदा अन्तराष्ट्रिय सम्बन्ध मजबुद बनाएको पनि उनले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय