
फिक्कलः इलामको सूर्योदय नगरपालिका १ को वडाध्यक्षमा नेपाली काग्रेसका राजकुमार लिम्बु सहितको प्यानलनै बिजयी भएको छ ।
३१ घण्टा पछि प्राप्त मतपारिणाम अनुसार लिम्बुले नेकपा तीन दलीय गठबन्धनबाट एकीकृत समाजवादीका दिपेश राईलाई २६ मतान्तरले पराजीत गर्दै वडाध्यक्षमा बिजयी भएका हुँन । गठबन्धनमा नेकपा एस,नेकपा माओबादी केन्द र जसपा रहेका थिए । राजकुमारको यो दोस्रो कार्यकाल हो । लिम्बुले ८७३ मत पाउँदा उनका प्रतिष्पर्धी नेकपा एसका दिपेश राईले ८४७ मत पाएका छन । एमालेका धनकुमार तामाङले ७४५ मत प्राप्त गरेका छन । यस्तै वडा सदस्यामा काग्रेसका सबै बिजयी भएका छन । खुल्ला महिला सदस्यामा मुन्ना कुमारी राई९९७२० दलित महिला सदस्य चन्द्रकला बि।क।९९५५०, सदस्यमा डिक बहादुर मगर९९३६० रोषन बुढाथोकी९९०१० मत लयाएका छन । वडा नम्बर १ मा २९१२ मत मध्ये ११४ मत बदर भएको छ ।
वडा नम्बर १ को मतगणना सक्दा गडबन्धनका रणबहादुर राई ९४५०० र दुर्गा बराल९३३५० मतले अगाडी हुनुहुन्छ । अव २ नम्बरको मतगणना हुँने निर्वाचन अधिकृत लोक बहादुर हमालले जानकारी दिनु भयो । निक्कै ढिलो मतगणना भैरहेको छ । २ स्थानमा मात्र मतगणना गर्दा ढिला भएको पाईएको छ ।


