सूर्योदयका १४ वडामा ७ कांग्रेस ७ कम्युनिष्टः सदस्यमा मिश्रित परिणाम

द्वारा प्रकाशित गरिएको हो |
२०७९ जेष्ठ ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलःइलामको सूर्योदय नगरपालिकाको १४ वडामध्ये ७ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने ७ वडामा कम्युनिष्टका नेतृत्व आएका छन् । जस्मध्ये ५ वटा वडामा नेकपा एस र २ वटामा नेकपा एमालेले जित हाँसिल गरेका हुन् । सामान्यतया यसपटकको परिणाम भने मिश्रित देखिएको छ । वडामा कुनैपनि दलको प्यानल भने अत्यन्तै कम मात्र आएका हुन् । अधिकांश वडामा मिश्रित मतपरिणाम आएको हो ।

वडा नं १ को अध्यक्षमा राजकुमार शेरेङ वडा नं २ को अध्यक्षमा नेकपा एमालेका डिक बम्जन, ३ मा नेपाली कांग्रेसका लोक बहादुर प्रधान,४ मा नेकपा एसका सरन राई,५ मा नेपाली कांग्रेसका उर्गेन बम्जन,६ मा नेकपा एसका शिब कुमार बस्नेत,७ मा कांग्रेसका एलबि राई,८ मा कांग्रेसका जंग गुरुङ, ९ मा नेकपा एसका देबेन्द्र आचार्य,१० मा नेकपा एसका पेमा उर्गेन लामा,११ मा नेपाली कांग्रेसका संतोष राई,१२ मा नेकपा एसका डोलेन्द्र भारद्धज, १३ मा नेकपा एमालेका हेमराज आचार्य र १४ नं वडामा नेपाली कांग्रेसका बल बा समाल विजयी भएका हुन् ।

मेयरमा नेकपा एस र उपमेयरमा कांग्रेस विजयी भएको छ । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सूर्योदय नगरपालिका मेयरमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी उम्मेदवार रनबहादुर राई १२ हजार ४ सय ३१ मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार काजीमान कागतेलाई १ हजार ८ सय ५२ मतान्तरले पराजित गरेका हुन् । पराजित काजीमान कागतेले १० हजार ५ सय ७९ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार दुर्गाकुमार बराल ११ हजार ८ सय ५४ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार दुर्गादेवी भट्टराईले ९ हजार १ सय २२ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय