बेपत्ता जहाज खोज्‍न गएको हेलिकप्टर मौसम खराबीले यत्तिकै फर्कियो

द्वारा प्रकाशित गरिएको हो |
२०७९ जेष्ठ १५,
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

पोखराबाट जोमसोम उडेको तारा एअरको नाइन एन(एइटी जहाज सम्पर्कविहीन भएपछि खोजीमा गएको हेलिकप्टर मुस्ताङ फर्किएको छ।

फिस्टेल एयरको हेलिकप्टर जहाज खोजीका लागि पठाइएकोमा मौसम खराब भएकोले मुस्ताङ नै फर्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञप्ति जारी गरेर बताएको छ।

मौसम सफा भएपछि फेरि हेलिकप्टर सम्पर्कविहीन जहाज खोजीमा जाने उल्लेख गरेको छ। हिँडेर नेपाली सेना र नेपाल प्रहरी जोमसोमको टावरसँग नजिक घोडेपानी भन्ने स्थानतर्फ खटिएको बताएको छ।

विमानमा १३ नेपाली, ४ जना भारतीय जना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना रहेका थिए।

thahakhabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय