सूर्योदयको प्रथम कार्यपालिका बैठकः सडक,विद्युत र चियाका समस्या उठान,बिषयगत समिति गठन

द्वारा प्रकाशित गरिएको हो |
२०७९ जेष्ठ २६, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

फिक्कलःइलामको सूर्योदय नगरपालिकाको प्रथम कार्यपालिका बैठकमा विग्रदो सडकको समस्या माथी छलफल चलेको छ । ११ वटा बिषयगत समिति गठन गरेसंगै केही कार्यपालिका सदस्यहरुले सडक र विद्युतका समस्या उठाएका छन् । वडा नं १० का वडाध्यक्ष पेमा उर्गेन लामाले फिक्कल नयाँबजार सडक खण्डमा यातायात आवाजातमा ब्याप्त समस्या उठान गरे । लामाले सूर्योदय नगरपालिकाको फोहोरमैला ब्यवस्थापन गर्ने सवारी नियमित रुपमा आवातजावत गर्ने र मालबहाक ट्रक तथा थुप्रै सवारी ओहोरदोहोर गर्ने यस सडक हिलाम्य रहेको भन्दै ध्यानाकर्षण गराएका हुन् । उनले छिमेकी पालिका माईजोगमाई र सूर्योदयका सर्यौ मानिस आहोरदोहोर गर्ने महत्वपुर्ण सडक भएपनी अत्याधिक हिलाम्य भई असहजता संगै संभावित दुर्घटनाको जोखिम बडेको भन्दै तत्काल समाधान गरिनुपर्ने आवाज उठाएका छन् । माईजोगमाई गाउँपालिका संग समन्वय गरि दिर्घकालिन उपलब्धिका रुपमा काम हुनुपर्ने उनको धारणा थियो । लामाले भने, ‘हालसालै समाधान गरिहाल्नुपर्ने आवश्यकता रहेकाले सम्भव भए आजै बजेटको सुनिश्चितता गरौँ ।’ उनको प्रस्तावलाई वडा नं १ का अध्यक्ष राजकुमार शेरेङ्ग र ९ नम्बर वडाका अध्यक्ष्य देबेन्द्र शर्माले समेत ऐकबद्धता जनाए । मयु खोलामा भत्किएको पुल आफ्नो नेतृत्वमा निर्माणाधिन रहेको भन्दै शेरेङ्गले बर्खामा यातायात अवरुद्ध नहुने गरि काम भईरहेको बताएका छन् । उनि वन वातावरण तथा विपत ब्यवस्थापन समितिको संयोजक समेत बनेका छन् । नगर आर्थिक विकास समितिका संयोजक देबेन्द्र शर्माले चियामा विद्यमान रहेको समस्या तत्काल समाधान हुनेगरि काम गरिनुपर्ने बताएका छन् । अब सरोकारवाला संग छलफल गरि किसानले न्युनतम समर्थन मुल्य पाउने गरि काम हुनुपर्ने बताए । यता कार्यपालिका सदस्य एवं नगर प्रवक्ता ख्याम भुजेलले जिर्ण बनेका बिजुलीका पोल मर्मतमा ध्यान जानुपर्ने बताएका छन् । नगर उपप्रमुख दुर्गा कुमार बरालले उठ्न बाँकी राजश्व चाँडो उठाउने गरी काम हुने बताएका छन् । विभिन्न वडाध्यक्षहरुले आफ्नो वडामा विद्यमान सडक फोहोर ब्यवस्थापन लगायतका समस्या उठाएका छन् ।

११ वटा बिषयगत समिति गठन

नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा बसेको बैठकले ११ वटा बिषयगत समिति गठन गरेको हो । नगरले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६५ को उपदफा ९१० बमोजिम स्थानीय राजस्व परामर्श समिति गठन गरेको छ ।

उपप्रमुख दुर्गा बराल संयोजक रहेको समितिको सदस्यमा लता अधिकारी र लोकबहादुर राईलाई जिम्मेवारी दिइएको । अन्य सदस्य समितिको पहिलो बैठकबाट सम्बन्धित संस्थालाई पत्रचार गर्ने निर्णय भएको प्रवक्ता ख्याम भुजेलले जानकारी दिए । नगर प्रमुख रणबहादुर राईको संयोजकत्वमा उपप्रमुख सदस्य रहेको समितिको अन्य सदस्यहरुमा देवेन्द्र शर्मा, सावित्रा शिवा, उगेन तामाङ र लोकबहादुर श्रेष्ठ रहेका छन् । प्रमुख प्रशासकिय अधिकृत सदस्य सचिव रहेका छन् ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६७ को उपदफा ९१० अनुसार गठन गर्ने जनाइएको छ । देवेन्द्र शर्माको संयोजकत्वमा शरण राई सदस्य रहेको आर्थिक विकास समिति समेत गठन गरिएको छ । १ जना सदस्य थप गर्न बाँकी रहेको जनाइएको छ । डिक बम्जनको संयोजकत्वमा सामाजिक विकास समिति गठन गरिएको छ ।

सदस्यहरुमा शिवकुमार बस्नेत, चन्द्रकला परियार र सम्बन्धित शाखा प्रमुखलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ । नगर प्रमुख रणबहादुर राईको संयोजकत्वमा पूर्वाधार विकास समिति गठन गरिएको छ । सदस्यहरुमा पेमा उगेन लामा रहेका छन् । अन्य सदस्य आगामी कार्यपालिका बैठकबाट निर्णय गर्ने जनाइएको छ । सम्बन्धित शाखा प्रमुखलाई सदस्य सचिवको जिम्मेवारी दिने निर्णय भएको छ ।

राजकुमार सेरेङको संयोजकत्वमा वन वातावरण तथा विपद् व्यवस्थापन समिति गठन गरिएको छ । सदस्यहरुमा जंग गुरुङ र सावित्रा शिवा रहेका छन् । सम्बन्धित शाखा प्रमुखलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।
सोनाम छिरिङ लामाको संयोजकत्वमा सुशासन तथा संस्थागत विकास समिति गठन गरिएको छ । सन्तोष राई र लता अधिकारी सदस्य रहेका छन् । सम्बन्धित शाखा प्रमुखलाई सदस्य सचिवको जिम्मेवारी दिने निर्णय भएको छ ।

नगरपालिकाको बार्षिक योजना तथा बजेट तुर्जमा दिगदर्शन २०७४ परिमार्जितको दफा ६।२।१ बमोजिम उपप्रमुखको संयोजकत्वमा अनुगमन तथा सुपरिवेक्षण समिति गठन गरिएको छ । सदस्यहरुमा जंग गुरुङ र लमु शेर्पा रहेका छन् । योजना शाखा प्रमुख सदस्य सचिव रहेका छन् । नगरपालिकाको आधारभुत तथा माध्यमिक शिक्षा ऐन २०७६ को दफा १० को उपदफा १ बमोजिम नगर प्रमुखको संयोजकत्वमा नगर शिक्षा समिति गठन भएको प्रवक्ता भुजेलले जानकारी दिए । सदस्यमा नगर सभा सदस्य चन्द्रकला खत्री खड्का रहेकी छन् ।

नगर प्रमुखको संयोजकत्वमा भुमिहिन दलित, भुमिहिन सुुकुम्बासी तथा अव्यवस्थित बसोबास सहजीकरण समिति गठन गरिएको छ । सहसंयोजकमा उपप्रमुख रहेका छन् । सदस्यहरुमा राष्ट्रिय मान्यता प्राप्त दलका एक÷एक जना प्रतिनिधि, सावित्रा शिवा र बलराम समाल रहेका छन् । स्थानीय तहमा क्रियाशिल किसान, सुकुम्बासी, भुमि, बसोबास लगायतका क्षेत्रका काम गरिरहेका संघ, संगठन वा नागरिक समाजबाट महिला र दलित समेत प्रतिनिधित्व हुने गरी ३ जनालाई बैठकबाट मनोनित गरिने जनाइएको छ ।

प्रमुख प्रशासकिय अधिकृत सदस्य सचिव रहेका छन् । सूर्योदय नगरपालिका स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि २०७४ को दफा ३४ ९१० बमोजिम नगर स्तरीय आयोजना जाँचपास तजा फरफारक समिति गठन गरिएको छ । कार्यविधि अनुसार नगर प्रमुख वा प्रतिनिधिको संयोजकत्वमा सम्बन्धित बिषयगत समितिका संयोजक, आर्थिक प्रशासन शाखा प्रमुख, समाजिक विकास शाखा प्रमुख सदस्य र योजना शाखा प्रमुख सदस्य सचिव रहेका छन् ।

सूर्योदय नगरपालिका उपभोक्ता हित संरक्षण ऐन २०७८ को दफा ३ को उपदफा ९२० बमोजिम उपभोक्ता हित संरक्षण समिति गठन गरिएको छ । नगर उपप्रमुखको संयोजकत्वमा स्थानीय स्वास्थ्य शाखा प्रमुखको रुपमा फिक्कल स्वास्थ्य केन्द्र प्रमुख सदस्य, कृषि शाखा, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, उपभोक्ता हित सम्बन्धित कार्यरत महिला मध्येबाट साधन फागो र अमृत राईलाई सदस्यको रुपमा जिम्मेवारी दिइएको छ ।

त्यसैगरी स्थानीय संचारकर्मी तोयानाथ भट्टराई र कर्मचारी मदन गुरुङ सदस्य रहेका छन् । सूर्योदय नगरपालिका नगर साहित्य कला तथा संगीत प्रतिष्ठान संचालन कार्यविधि २०७६ को दफा ६ को उपदफा ९१० बमोजिम उपप्रमुखको संयोजकत्व नगर स्तरीय कला साहित्य तथा संगीत प्रतिष्ठानको जिम्मेवारी तोकिएको छ ।

सदस्यहरुमा मानसिंह थुलुङ, पुजन प्रधान, सुवास राई र भुवनराज ढुङगाना रहेका छन् । उपप्रमुखको संयोजकत्वमा रहेको न्यायिक समितिमा सावित्रा शिवा र केशवकुमारी तिम्सिनालाई सदस्यको जिम्मेवारी दिइएको छ । नगरको प्रवक्तामा ख्याम भुजेल रहेका छन् । सूर्योदय नगरपालिकाले कार्यपालिका बैठक लाईभ गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय